इन्जुरी समयमा मेसीको आकर्षक गोल

काठमाडौं, ७ असार । मेसीको आकर्षक गोलमा अर्जेन्टिनाले समूह चरण पार गर्दै विश्वकपको दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । शनिवार राती भएको खेलमा अर्जेन्टिनाले इरानलाई १–० गोलले पराजित गरेको हो ।
पूरै खेलभरी इरानमाथि दवाव राखेको अर्जेन्टिनाका लागि स्टार खेलाडी मेसीले अन्तिम समयमा आएर एक गोल गर्न सफल भएका हुन् । खेलमा इरानले कडा डिफेन्स बनाएको थियो । त्यसका वावजुत मेसीले खेलको इन्जुरी समयमा आकर्षक गोल गरे । यससँगै अब अर्जेन्टिना ६ अंकका साथ समूहको शिर्ष स्थानमा रहेको छ । अर्जेन्टिनाले समूहको अन्तिम खेल नाइजेरियासँग खेल्नेछ ।
खेलमा अर्जेन्टिनाले जम्मा २० सूट प्रहार गरेको थियो भने इरानले ८ सूट प्रहार गरेको थियो । त्यसमध्ये अर्जेन्टिनाका ९ वटा सूट गोलपोष्टतर्फ गएका थिए भने इरानका ४ वटा प्रहार । खेल अवधिभर इरानले धेरै फल खेलेको थियो । इरानले १४ फल खेल्यो भने अर्जेन्टिनाले ८ वटा । त्यसैगरी अर्जेन्टिनाले १० वटा कर्नर पाएको थियो भने इरानले ६ वटा कर्नर । त्यसैगरी इरानले २ वटा पहेलो कार्ड समेत पाएको थियो ।
खेलभर दवाव कायम गरे पनि अर्जेन्टिनालाई गोल गर्न भने निकै कठिन परेको थियो । इरानले पनि गोल गर्ने केही राम्रा अवसर पाएको थियो । तर अर्जेन्टिनी गोलकिपरले इरानका प्रहारहरु असफल पारिरहे ।

Loading...