जाजरकाेटमा कांग्रेसका राजिव शाहमाथि शक्ति बस्नेतले लिए सुरुदेखि नै अग्रता

जाजरकोट, २१ मंसिर । जाजरकाेटमा वाम गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा दबैमा अग्रता लिएकाे छ । प्रारम्भिक मतपरिणाम अनुसार वामगठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् ।

बस्नेतले कांग्रेसका राजिव शाहलार्इ पछाडि पारेर अग्रता कायम गरेका हुन् । बस्नेतले ६०७ ल्याउँदा शाहले ४३७ मत पाएका छन । जाजरकाेटमा प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुर्इ जनाले जित्नेछन् ।

त्यसैगरी प्रतिनिधि सभाका लागि प्रदेश क मा वामगठबन्धनका गणेश सिंह कांग्रेसका बेदराज सिंहभन्दा अगाडि छन । त्यस्तै प्रदेश ख मा पनि वामगठबन्धनका करबिर शाही कांग्रेसका दिपकजंग शाह भन्दा अगाडि छन् ।

 

Loading...