निर्वाचन अायाेगले भन्याे ६७ प्रतिशत मत खस्यो

काठमाडौं, २१ मंसिर । निर्वाचन अायाेगले अाज सम्पन्न दाेस्राे चरणकाे निर्वाचनमा कूल ६७ प्रतिशत मत खसेकाे जानकारी दिएकाे छ । मतदान सम्पन्न भएपछि अायाेगले पत्रकार सम्मेलनकाे अायाेजना गरी यसकाे जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा अायाेगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले करिव ६७ प्रतिशत मत खसेको जानकारी दिए ।

अाज भएकाे दाेस्राे चरणकाे निर्वाचनमा प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ पदका लागि मतदान भएकाे थियाे । ४५ जिल्लामा हुने निर्वाचनका लागि ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्र ताेकिएका थिए । अायाेगले प्रारम्भिक सर्भे अनुसार ६७ प्रतिशत मत खसेको जनाएकाे छ । 

अायाेगले अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका दुवै मतदान केन्द्रको मतदान रद्द गरिएको जनाएकाे छ । मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि उक्त केन्द्रमा मतदान स्थगित भएकाे थियाे । अायाेगले स्थगित भएका निर्वाचन छिट्टै हुने जनाएकाे छ । 

यसअघि अघिल्लाे चरणमा ३२ मा भएकाे प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा ६५ प्रतिशत मत खसेकाे थियाे । 

 

Loading...