भोट हाल्न गएका झुलबहादुर र मुनादेवीको मृत्यु

काठमाडौं, २१ मंसिर । भोट हाल्न गएका दुई वृद्धवृद्धाको मृत्यु भएको छ । डोटीमा मतदान गर्न जाने क्रममा र पाल्पामा मतदान गरेर फर्किने क्रममा उनीहरुको मृत्यु भएको हो ।

पाल्पाको पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै ८० वर्षीय झुलबहादुर कुमालको मृत्यु भएको छ । वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार रामपुर नगरपालिका–६ का कुमालको मतदान गरिसकेपछि ११ः३० बजे मृत्यु भएको हो । कुमाल लामो समयदेखि दमका रोगी थिए ।

त्यसैगरी डोटीमा एक जना महिलाको मृत्यु भएको छ । खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको प्रहरीले बताएको छ ।

पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी मुनादेवी उकालो बाटो चढ्ने क्रममा मृत्यु भएको थियो । उनी पनि दमको रोगीबाट पीडित थिइन् ।

Loading...