युएर्इसँग नेपाल ७ विकेटले पराजित

काठमाडाैं । आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ।

आबुधावीको शेख जायेद रंगशालामा बुधबार पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

युएईको जितमा गुलाम सब्बिरले नटआउट ८१ रनको योगदान गरे। यस्तै ओपनर रोहन मुस्ताफाले ६२ रन बनाएका थिए। अस्फक अहमेद १९ रनमा आउट भए भने रहिम शाहजादले ३७ रन बनाए। मोहमद उस्मानले नटआउट १७ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र शरद भेषावकरले १–१ विकेट लिए।

Loading...