उम्मेद्वारकै निर्देशनमा मध्यरातमा नगर प्रमुखको निवासमा ढुंगामुढा

मंसिर २० सल्यान । सल्यानको बागचौर नगरका प्रमुख लोकमान बुढाथोकीको निवासमा ढुंगामुढा भएको छ । रातको समयमा उनको निवासमा ढुंगामुढा भएको छोरा सुदर्शन बुढाथोकीले बताएका छन ।

रातको संघीय प्रदेश सभाका उम्मेद्वार भिमप्रकाश शर्माको निर्देशनमा आफ्नो निवासमा ढुङ्गा हानिएको बुढाथोकीले बताए । आफुहरूलाई गालिगलौज गर्दै ढुङ्गा वर्षाएको र केही समय अगाडि नजिकै बम पनि पड्काएको परिवारजनको आरोप छ ।

उता भिमप्रकाश शर्माको परिवारले त्यो कुराको खण्डन गरेको छ । उनीहरूको तर्फबाट हाम्रा कार्यकर्ता आक्रमण भएकोले घटनाले विवादको रूप लिएको हो । सत्ता र शक्तिको प्रयोगमा मेयरले आफुहरूलाई कमजोर बनाउन झुट्टा आरोप लगाएको बताएका छन ।

सल्यानमा अाज विष्फाेट गराइएकाे बम उम्मेदवार शर्माकाे टिमले गरेकाे अाराेप लागेकाे छ । तर, यसलार्इ शर्माले भने खण्डन गरेका छन् । उनले बम पड्केको तर त्याे बम अाफूहरुले पड्काउन नसक्ने बताए । निर्वाचनमा पनि जाने बम पनि पड्काउने सम्भव नहुने उनले दावी गरे ।

माओवादी केन्द्रका नेता शर्मा बाम गठबन्धनमा उम्मेद्वारी नपाएपछि बागी बनेर यतिबेला चुनावी मैदानमा छन भने मेयर बुढाथोकी माओवादीका तर्फबाट स्थानिय तहमा निर्वाचित प्रतिनिधि हुन ।

Loading...