बच्चाकाे उपचारमा रहेका जनस्वयमसेवकका कार्यवाहक अध्यक्ष रार्इ गिरफ्तार

इटहरी, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीकाे युवा सङ्गठन राष्ट्रिय युवा जनस्वयमसेवकका कार्यवाहक अध्यक्ष बाबुराम राई ‘विवश’लाई प्रहरीले गिरफ्तार गरेकाे छ ।

गएराती रार्इलार्इ इटहरीबाट गिरफ्तार गरिएकाे बताइएकाे छ । मध्यराती अपहरणकाे शैलीमा रार्इलार्इ गिरफ्तार गरेकाे भन्दै नेकपाका सुनसरी जिल्ला इन्चार्जले अापत्ती जनाएका छन् ।

रार्इ बिरामी बच्‍चाको उपचारको लागि इटहरीमा पुगेका थिए । बच्चाकाे उपचारकै क्रममा रार्इलार्इ गिरफ्तार गरिएपछि उनकाे परिवारकाे विचल्ली भएकाे छ ।

Loading...