गैरकानुनी रुपमा गिरफ्तार गरिएका पत्रकारलार्इ रिहा गर्न माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौँ, १९ मंसिर । विना कारण गैरकानुनी रुपमा गिरफ्तार गरेर लामाे समयसम्म हिरासतमा राखिएकाे भन्दै सर्वाेच्च अदालतमा रिट दायर भएकाे छ । नेपालकाे संविधानले दिएका माैलिक अधिकारकाे उल्लंघन गर्दै सरकारले नै पत्रकारहरु गिरफ्तार गर्नु कानुनी राजकाे विरुद्ध भएकाेले ती पत्रकारहरुलार्इ तत्काल रिहाइकाे माग साे रिटमा गरिएकाे छ ।

नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले उक्त रिट साेमबार दायर गरेका हुन् । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य समेत रहेका जैसीले सोमबार दायर गरेको रिटमा प्रधानमन्त्री, मन्त्रीपरिषदकाे कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडाैं, महानगरिय प्रहरी परिसर टेकुलार्इ विपक्षी बनाइएकाे छ ।

प्रहरीले हाम्राे जलजला मासिकका सम्पादक खेम थपलिया, निहीगु ज्वज्वलोप्पा नेवारी पत्रिकाका सम्पादक जितेन्द्र महर्जन र मध्याह्न दैनिकका संवाददाता दिपेशी शाहीलाई विभिन्न समयमा गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएकाे छ ।

Loading...