सुरक्षाकर्मीको घेराभित्रै लेखराज भट्टको घरमा वम विष्फोट

काठमाडौँ, १९ मंसिर । माओवादी केन्द्रका नेता तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टको घर नजिक बम विस्फोट भएको छ । भट्टकाे घरकाे सुरक्षाका लागि सुरक्षाकर्मी राखिएकाे भए पनि त्यसकैबीचमा वम विष्फाेट भएपछि त्यस वरपर त्रास फैलिएकाे छ ।

कैलालीको गोदावरी नगरपालिका-१ अत्तरिया स्थित भट्टको घरको अगाडि बम विस्फोटको ठूलो अावाज अाएको स्थानीयले बताएका छन् । मंगलबार विहान ५ बजेतिर अज्ञात समूहले गराएको बम विस्फोटमा कुनै क्षति नभएको सुरक्षा स्रोतले बताएको छ ।

माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज समेत रहेका पूर्वमन्त्री भट्टको घरमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको नजिकै गेटमा बम विस्फोट भएको बताएको छ ।

त्यसैगरी जिल्लाको गौरिगङ्गा नगरपालिकाको मालिका मावि चौमालाको मतदान केन्द्रमा सिलिण्डर बम विस्फोट भएको छ । हिजो विहान मात्र धनगढीस्थित प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल बाहिर बम विस्फोट भएको थियो ।

Loading...