बम प्रहारबाट पूर्वमन्त्री गगन थापा घाइते, गम्भीर घाइते थापालार्इ टिचिङ अस्पतालमा लगियो

काठमाडाैं, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापामाथि बम प्रहार भएकाे छ । बम प्रहारबाट थापा घाइते भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका नेता थापालार्इ लक्षित गरी प्रहार गरिएकाे बम विष्फाेटबाट थापासहित ८ जना घाइते भएका छन् ।

काठमाडाैकाे बुढानिलकन्ठ चपली हाइटमा रहेकाे चपली माटाे काेलाेनीमा उनीमाथि बम प्रहार भएकाे हाे । उनी साे ठाउँमा प्रचार प्रसारका लागि गएका थिए । थापा अाफ्ना कार्यकर्ताका साथ सोमबार बिहान घरदैलो कार्यक्रममा थिए ।

साे विष्फाेटमा परी घाइते भएका थापासहित सबै घाइतेलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। थापाको पिठ्युमा सामान्य चोट लागेको छ। घाइते मध्ये दुई जनालाई गम्भीर चोट लागेको छ ।

थापाका सहयोगी प्रताप पौडेलका अनुसार गम्भीर घाइते दुई जनामा एक जना श्याम कृष्ण श्रेष्ठ रहेका छन्, अर्कोको पहिचान खुलेको छैन। उनको रक्तनली फुटेका कारण शल्यक्रियाका लागि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा लगिएको छ। अन्यको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

Loading...