एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको घरमै बम भेटियाे

भक्तपुर, १८ मंसिर । नेकपा एमालेका युवा नेता भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेताको घरमा बम भेटिएको छ ।

भक्तपुरको गुण्डुमा रहेको नेता महेश बस्नेतको घरको गेटमा अज्ञात समूहले बम भेटिएको स्थानीयले बताएका छन् ।

आइतबार बेलुका ८ बजे बस्नेतको घरको बाहिरको गेटमा नयाँ ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेको नेपाली सेना र प्रहरीको टोलीले राति ९ बजे बमलाई डिस्पोज गरेको प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।

Loading...