शरद गौचन हत्याका मुख्य योजनाकार चितवनमा यसरी परे सीआर्इबीको फन्दामा

काठमाडौं, १७ मंसिर । राजधानीमा दिउसै गाेली हानेर हत्या गरिएका निर्माण व्यवसायी शरद कुमार गाैचनकाे हत्यामा सम्लग्न मुख्य याेजनाकार गिरफ्तार परेका छन् । गाैचन हत्यामा मुख्य याेजनाकार भनिएका समिरमान सिंह बस्नेतलार्इ प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बस्नेतलार्इ चितवनबाट पक्राउ गरिएकाे जानकारी दिएकाे छ । उनलार्इ हिजाे मंसिर १६ गते नै पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । डिआइजी पुष्कर कार्कीले पक्राउ गरिएका बस्नेत गाैचनकाे मात्र नभर्इ अरु हत्यामा पनि सम्लग्न भएकाे जानकारी गराएकाे छ । उनी बुटवलमा हत्या गरिएका एमालेकाे युवा संगठनका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीकाे हत्यामा पनि सम्लग्न रहेकाे प्रहरीकाे दावी छ । साथै उनले अर्का गुण्डा नाइके दावा लामाकाे हत्या गर्ने प्रयास पनि गरेकाे बताइएकाे छ ।

गिरफ्तार गरिएका बस्नेतसँग प्रहरीले प्रारम्भिक बयान पनि लगेकाे छ । साे बयानका क्रममा बस्नेतले गाैचनकाे हत्या याेजना अाफूले बनाएकाे स्वीकार गरेकाे बताइएकाे छ । प्रहरीसँग बस्नेतले दिएकाे बयान अनुसार गाैचनसँग पैसासँगै उनकाे व्यापारकाे केही प्रतिशत शेयर पनि मागेका थिए । त्यसमध्ये उनले गाैचनसँग हुलाकी राजमार्गकाे ठेक्कामा पनि कमिसन मागेका थिए । ३० अर्ब बजेटकाे हुलाकी राजमार्गकाे ठेक्काबाट २ प्रतिशत कमिसन अाफूलार्इ दिन बस्नेतले गाैचनसँग लामाे समयदेखि दवाव दिँदै अाएका थिए । तर, गाैचनले पैसा र लगानीना शेयर नदिएपछि उनको हत्या गरेको बयान समिरमानले प्रहरीलार्इ दिएका छन् ।

प्रहरीसँगकाे बयानमा अभियुक्त बस्नेतले भनेका छन्, “गौचन हत्या र दावा लामालाई गोली मेरो योजनामा भएको हो। सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो। मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं। हामीसँग छैन ऊ।”

साथै बस्नेतले गाैचनकाे निर्माण कम्पनीमा अाफ्नाे १ करोड लगानी रहेकाे पनि जनाएका छन् । १ कराेड लगानी गरेर पनि गौचनले शेयर नदिएको दावी पनि बस्नेतले प्रहरीसँगकाे बयानमा उल्लेख गरेका छन्।

गाैचनकाे हत्याबारे जाँचबुझ गर्न सरकारले यसअघि डिआइजी गणेश केसी नेतृत्वको छानवीन समिति गठन गरेकाे थियाे । साे टाेलीले यसअघि अनुसन्धानबाट बस्नेत भारतमा लुकेर बसेकाे खुल्न अाएकाे जनाएकाे थियाे । तर उनलार्इ अहिले भने सिआइबीले चितवनमा समातेको दावी गरेको छ। यसअघि गाैचनकाे हत्यामा प्रत्यक्ष रुपमा सम्लग्न रहेका ७ जनालार्इ पक्राउ गरेर सार्वजनिक गरिसकेकाे छ ।

Loading...