एमाले-माकेका नेताहरु पैसाको झोला बोकेर रातीराती ढोका ढकढक्याउने गरेकाे अाराेप

सल्यान, १७ मंसिर । चुनावको मिति नजिकै जाँदा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले मतदातालाई पैसा बाड्न थालेका छन् ।

शनिबार राति पैसा बोकेको टोली प्रदेस सभाको क को भल्चौरमा पुगेको स्थानीयले जानकारी दिएका छन् । माओवादी केन्द्रका नाम चलेका एक युवा नेताले पैसाको झोला बोकेर राति मतदाताको ढोका ढकढक्याउदै छन् भने उसलाई एमालेका जिल्ला नेताहरुले साथ दिएका छन् ।

“राति चारदेखि पाँच जनाको टोली पुग्यो, जसरी पनि वाम गठबन्धनलाई जिताउनु पर्ने भन्दै आफूहरुले केही सहयोगस्वरुप खर्च ल्याएका छौं । तपाईँहरुले उक्त सहयोग लिनुपर्यो र भोट हाल्नु पर्यो” ती नेताले भनेको एक स्थानीयले अनलाइन डबलीलाई फोनमा जानकारी गराए ।

उक्त टोली त्यसअघि जिल्लाका सहिद परवारको घरमा पुगेको र सहिद परिवारले पैसाको लोभ देखाएको भन्दै धपाएको बताइएको छ ।

माओवादी केन्द्रका बागी उम्मेदवार र नेपाली काँग्रेसले पनि एमाले–माके टोली पैसा बोकेर गाउँ पसेको जानकारी पाइसकेका छन् । पैसा कब्जा गर्ने रणनीति बनाउँदै गरेको जानकारी प्राप्त भएको छ ।

Loading...