ठूलो मात्रामा वम बनाउने सामान र प्रेसर कुकर वमसहित दुर्इ भारतीय नागरिक पक्राउ

धादिङ, १५ मंसिर । भारतबाट वम बनाउने ठूलाे मात्रामा सामान लिएर अाएका भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले २ जना भारतीय नागरिकलार्इ प्रेसर कुकर वम सहित पक्राउ गरेकाे जानकारी दिएकाे छ ।

पूर्वकाे काकडिभट्टा नाकाबाट यात्रुबाहक बसमा चढेर उनीहरु काठमाडाै अाउँदै गरेका बेला समातिएका हुन् । उनीहरुलार्इ प्रहरीले पृथ्वी राजमार्ग अन्तर्गत नाैबिसे धादिङमा बसमा चेकजाँच गर्ने क्रममा गिरफ्तार गरेकाे हाे ।

उनीहरुले कुन प्रयाेजनका लागि यति ठूलाे मात्रामा वम बनाउने सामाग्री राजधानी ल्याउँदै थिए भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ । उनीहरुले काँकडभिट्टामै उक्त सामाग्री बसमा चढाएर ल्याएकाे बुझिएकाे छ । उनीहरुले भारतबाट राजधानी काठमाडौँमा लामाेसमयदेखि विष्फाेटक पदार्थ र वम बनाउने सामाग्री सप्लाइ गरिरहेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

पक्राउ पर्नेमा भारतको सिलगुढीका एम फर्मा खान र आसामका राजु मिश्र रहेका छन् । उनीहरुको साथबाट काठमाडौं छिराउन खोजिएको तयारी अवस्थाको प्रेसर कुकर बम, सकेट बम र अन्य विस्फोटक पदार्थसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्ने क्रममा दुई भारतीय नागरिकलाई तयारी अवस्थाको बमसहति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

नौबीसेमा खाना खान रोकेको समयमा प्रहरीले खानतलासी गर्दा उक्त बिष्फोटक सामाग्री बरामद गरेको हो । निर्वाचन विथोल्ने समूहले उक्त बम र विस्फोटक सामाग्री भारतबाट नेपाल भित्र्याइएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Loading...