सी जिनपिङले भने ‘नेपाली माअाेवादी हाम्रा पहिलाे नम्बरका मित्र हुन्’

काठमाडौं, १५ मंसिर । चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका विभिन्न देशहरुमा विभिन्न पार्टी र समूह गरी ६ सय कम्युनिस्ट पार्टीको सूची तयार गरेको छ ।

सबैभन्दा पहिलो नम्बरमा नेपालको माओवादी पार्टीलाई राखेको छ । उसले माओवादी जनयुद्धले नेपालको परिवर्तनमा ठूलो भूमिका खेलेको भन्दै पहिलो नम्बरमा राखेको हो । उसले कुनै व्यक्तिको नाम भन्दापनि नेपालको माओवादी पार्टीलाई पहिलो मित्रशक्तिको रुपमा लिएको छ ।

जनयुद्धको नेतृत्वकर्ता प्रचण्डले नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरेका कारण चीनले स्वभाविक रुपमा माओवादी केन्द्रको नाम लिएको हो ।

चीनमा जारी नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुको अन्तक्र्रियामा विश्वका छ सय कम्युनिष्ट पार्टीहरुमध्ये नेपालको माओवादी पार्टीलाई पहिलो नम्बरमा राखेको हो ।

चिनियाँ कमयुनिष्ट पार्टीका विदेश विभागका एसिया व्युरो प्रमुख साव लिङले नेपाली माओवादीप्रति चीन सकारात्मक रहेको बताए । नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी आन्दोलन रहेको चीनले बताएको छ ।

हालै समपन्न १९ औँ महाधिवेशबाट नयाँ समाजवादी क्रान्तिको नीति लिएको चीनले विश्वमा सामाजवाद कसरी अगाडि बढ्छ भन्नेमा चासो लिएको उनले बताए ।

चीनको पछिल्लो धारणाले चिनियाँ कम्युनिस्ट पार्टीका नवनिर्वाचित महासचिव तथा राष्ट्रपति सी जिनपिङले नेपाली जनयुद्धलाई स्वीकार गरेको अर्थमा लिइएको छ ।

Loading...