ट्रम्पले मुस्लिम धर्म विरोधी भिडियो ट्वीट गरेपछि आलोचित

एजेन्सी । लण्डनका महानगर प्रमुख सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमणलाई रद्द गर्न आग्रह गरेका छन् ।

बेलायतमा अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउँदै यस पहिले बेलायती नागरिकले ट्रम्पको भ्रमणबारेमा विरोध जनाइरहेका बेलायतीको स्वरलाई थप शसक्त बनाएका हुन् ।

महानगरप्रमुखले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण यस समयमा उनलाई बेलायतमा उचित सम्मान मिल्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्री मेका सरकारी प्रवक्ताले अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गर्नु गलत भएको छ ।

बेलायती गृहमन्त्री एम्बर रडले विहीबार सरकारको धारणा दोहोराउँदै ट्रम्पले मुसलमानविरोधी भिडियो प्रधानमन्त्री मेलाई पठाउनु गलत थियो भनेका छन् ।

“मेरो विचारमा प्रधानमन्त्रीको प्रतिक्रियाले अमेरिकी राष्ट्रपतिमा केही प्रभाव आउने छ,” रडले भने ।

गृहमन्त्री रडले भिडियोबारे बेलायती सांसदलाई जवाफ दिँदै भने, “बेलायती जनताले कुनै समुदाय विरुद्धको पक्षपातपूर्ण अभिव्यक्तिलाई अस्वीकार गर्नेछन् ।” वर्तमान् सरकार पनि कुनै धार्मिक विश्वास र सम्प्रदायलाई घृणा गर्ने कुनै समूहलाई पनि सहन सक्दैन, रडले थपे ।

Loading...