प्रचण्डले खोले अर्को रहस्य, अबको प्रधानमन्त्री केपीलार्इ बनाउने सहमति भएको प्रचण्डको दावी

काठमाडौं, १४ मंसिर । वाम गठबन्धनकाे देशव्यापी लहर राम्राे भएकाे भन्दै नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अब वामपन्थीकाे नेतृत्वमा स्थायी सरकार गठन हुने दावी गरेका छन् । साथै प्रचण्डले अब बन्ने सरकारकाे नेतृत्व एमाले अध्यक्ष केपी शर्मा अाेलीले गर्ने घाेषणा पनि गरेका छन् ।

प्रचण्डले एक सञ्चारमाध्यमसँग कुरा गर्दै साे घाेषणा गरेका हुन् । वाम गठबन्धनबाट को प्रधानमन्त्री हुने भन्ने बहस भइरहेका प्रचण्डकाे याे घाेषणालार्इ धेरैले चासाेका साथ हेरेका छन् । राजनीतिमा प्रचण्ड निकै चलाखीपूर्ण खेल खेलिरहने भएका कारण याे घाेषणालार्इ पनि त्यही रुपमा हेरिएकाे छ ।

एबीसी टेलिभिजनलार्इ दिएकाे एक अन्तरवार्तामा प्रचण्डले वाम गठबन्धन बनाउने बेलामा नै एमालेका तर्फबाट प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा पनि गरेका छन् । उनले एमालेको तर्फबाट अहिले केपी अाेली पार्टी अध्यक्ष पनि भएकाे र प्रभावशाली नेता पनि उनी नै भएकाेले ओली नै अबको प्रधानमन्त्री बन्ने दावी प्रचण्डले गरे । उनले केपीलार्इ फेरि प्रधानमन्त्री बनाउन पाउँदा अाफू खुसी भइरहेकाे पनि बताए । यससँगै प्रचण्डले केपी अाेलीसँग अरु के के कुरा सहमति गरेका छन् भन्ने चासाे पनि बढेकाे छ । यसअघि एमाले र माअाेवादी केन्द्रका बीच भएकाे सहमतिबारे पार्टीभित्रकै नेताहरुले निकै प्रश्न गरेका थिए । चुनावी तालमेलमात्र नभइ दुर्इ पार्टी एकता गर्नेसम्म घाेषणा भएपछि माअाेवादी केन्द्रका बरिष्ठ नेताहरु समेत यसबारे पार्टीमा कुनै छलफल नभएकाे भन्दै याे लागु नहुने तर्क गर्न लागेका थिए । प्रचण्डले पहिलाे चरणकाे चुनाव सकेर दाेस्राे चरणकाे चुनाव हुन केही दिन मात्र बाँकी रहँदा एमालेसँग भएकाे प्रधानमन्त्री बनाउने सहमति पनि सार्वजनिक गरेपछि त्यसले अर्काे असर पर्ने अनुमान पनि गरिएकाे छ ।

अध्यक्ष प्रचण्डले देशको विकास र समृद्धिका लागि वाम गठबन्धन भएको र चुनावलगत्तै पार्टी एकता भएर एकीकृत कम्युनिष्ट पार्टी बन्ने समेत स्पष्ट पारे ।

Loading...