मधेशी नेता हृदयेश त्रिपाठीले पत्रकार सम्मेलन अायाेजना गरेर भने ‘म एमालेमा प्रवेश गर्दैछु’

नवलपरासी, १३ मंसिर । नवलपरासी पश्चिम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का वाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेद्धवार बनेका हृदेश त्रिपाठीले निर्वाचनपछि आफू एमालेमा प्रवेश गर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता त्रिपाठीले भने, ‘अहिले हामीले एमालेको सुर्य चिन्ह लिएर चुनाव लड्दैछम, पश्चिम मधेशका नेताहरु हामी स्वतन्त्र रुपमा सक्रिय छौं, साझा रुपमा वाम गठबन्धनको तर्फबाट चुनाव चिन्ह लड्दैछौं । र, नेकपा एमालेको चुनाव चिन्हलाई स्विकार गरेर अघि बढेका छौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र राजनीतिक समूहवीच समझदारी भएको छ।’

उनले आफ्नो गठबन्धन मुलुकमा दिगो विकास र राजनीतिक स्थायित्वको लागि भएको समेत स्पष्ट पारे । उनले आफू मधेशको मसिहा नभएको समेत जिकिर गरे ।

मधेश आन्दोलन अब देशको आन्दोलन भईसकेको उनको बताए । उनले भने, ‘मधेश आन्दोलनलाई बनाउनको लागि मैले यो गठबन्धन गरेको हुँ, अब मधेश छुट्टै आन्दोलन रहेन, अब यो देशकै आन्दोलन भैसक्यो । हामी साझा रुपमा यसलाई समाधान गर्छ ।’ संशोधनको पक्षमा वाम गठबन्धनले सहयोग गर्ने समेत उनको विश्वास थियो।

उनले कांग्रेसले संविधान संशोधन कांग्रेसका २४ जना सांसद अनुपस्थिति भएको बेला पेश गर्नु भनेको फेल गराउने उद्देश्यले गरेको आरोप लगाए । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रगतिशील शक्ति भएको समेत बताए । उनले भने, ‘उनीहरुसँग सहकार्य गर्नु राम्रो हो । यथास्थितिवादीसँग सहकार्य गरेर ठगिईयो, अब त्यो ठगीमा नपर्ने निर्णय गरें ।’

उनले आफूले एमालेको सदस्यता नलिएको बताउँदै भने,‘तर म जनतालाई बताएपछि तपाईलाई बताउनुहोस्, स्वतन्त्र समूह वाम गठबन्धनको अभिन्न अंग हो । सबै कार्यक्रमहरु हाम्रा साझा छन् ।’

उनले चुनाव अघि नै गठबन्धन हुनु राम्रो भएको प्रतिक्रिया दिए । उनले थपे, ‘चुनावअघिको गठबन्धन जनताद्धारा अनुमोदित हुन्छ, गठबन्धन नै अनुमोदित हो । दुवै गठबन्धन बन्नु राम्रो हो । यो शुभ सकेत हो ।’

उनले चुनावपछि बाम गठबन्धनले बहुमत ल्याउने पनि दाबी गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीहरुको सरकार बने रुनपनि पाईदैन भन्नु हाँस्यस्पद भएको प्रतिक्रिया दिए । उनले भने, ‘त्यसो अब उहाँ देउवाजी अब रुन तयार भए हुन्छ । म पनि रुमाल लिएर जान्छु । संसदीय प्रणालीमा जाँदा प्रतिष्पर्धा गर्दा नतिजा स्विकार गर्नुपर्छ । नतिजा स्विकार नगर्नु अप्रजातान्त्रिक मान्यता हो ।’

त्रिपाठीले उल्टै मुलुकलाई अधिनायकवादबाट जोगाउने हो भने कांग्रेसलाई सत्ताबाट बाहिर राख्नुपर्ने धारणा राखे । उनले थपे,‘लोकतन्त्रको खतराको बाहक कांग्रेस हो । म परम्परागत माक्र्सवाद र लेनिनवादमा विश्वास गर्दिन् । तर पनि यसले दर्शन चाहि दिन्छ ।’ उनले कांग्रेससँग विकासको खाका नै नभएको समेत आरोप लगाए ।

Loading...