फिस्लिङमा यात्रुवाहक बस ट्रकसँग ठोक्किएर त्रिशुलीमा खस्दा ७ को मृत्यु

काठमाडौँ, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको यात्रुवाहक बस त्रिशुली नदीमा खसेकाे छ । चितवनको फिस्लिङमा भएकाे दुर्घटनामा परी अहिलेसम्म मृत्यु हुनेकाे सङ्ख्या ७ पुगेकाे छ ।

लु २ ख २९१ नम्बरकाे बस ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएकाे छ । मृत्यु भएका मध्ये ५ जना पुरुष र २ जना महिला रहेकाे चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिएका छन्। बसमा ४० जनाभन्दा बढी यात्रुहरु रहेकाे थाहा भएकाे छ । केही यात्रुहरु अहिले पनि वेपत्ता रहेकाे बताइएकाे छ ।

प्रहरीले एक बालकसहित २३ जना घाइतेलाई उद्दार गरेको जनाएकाे छ। सडकबाट खसेकाे बस सिधै नदीमा पुगेकाे थियाे । अहिले पनि बस नदीमै डुवेकाे छ। घटनास्थलमा अहिले सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर उद्दार गरिरहेको छ।

थप उद्दारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सन्जय तिमल्सिनाको टोली घटनास्थल पुगेको छ।

Loading...