जल पर्यटन बढाउन सैनामैनामा विशाल जलाशय निर्माण गरिदै

बुटवल, १३ मंसिर । चुरे संरक्षण र जल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित रुपन्देहीको सैनामैनामा विशाल जलाशय निर्माण गरिने भएको छ ।

सिँचाइ सुविधा पु¥याउने तथा चुरे भावर संरक्षण गर्ने उद्देश्य राखेर उक्त क्षेत्रमा जलाशय निर्माणको प्रक्रिया अगाडि बढाइएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए ।

कार्कीका अनुसार मुर्गियादेखि पाँच किलोमिटरभित्र चुरे पहाडको काखमा ५० बिगाहा जमिनमा फैलिएको ४० मिटर अग्लो बाँधसहितको जलाशय निर्माण गर्न लागिएको हो ।

पूर्वअर्थमन्त्री विष्णु पौडेल र सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले यो आयोजनाको परिकल्पनासहित राष्ट्रपति चुरे संरक्षण समितिमा प्रस्ताव राखेका थिए ।

चुरे संरक्षण समितिका अध्यक्ष वीरेन्द्र यादवको नेतृत्वमा आएको चुरे संरक्षणका प्राविधिकको टोलीले उक्त स्थानमा त्यस्तो जलाशय सम्भव रहेको निष्कर्ष निकालेका छन् ।

करोडौँ लिटर पानी अट्ने उक्त जलाशयबाट शुद्धोधन र सैनामैना नगरपालिकामा सिँचाइको सुविधा पु¥याउने, भावर क्षेत्रमा जमिनमुनिको पानी रिचार्ज गर्ने तथा जलपर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । चुरेको पहाडबाट बग्ने वर्षात्को पानी संकलन गरेर जलाशय बनाइनेछ । विशाल संरचनासहित निर्माण हुने अग्लो र बलियो बाँधलाई ‘लामीरह उच्च बाँध’ नाम दिइएको छ ।

जलाशयको वरिपरि पर्यटक बस्ने र मनोरञ्जन गर्ने भौतिक संरचना बनाउने, माछापालन गर्ने, होटल, रिसोर्ट र होमस्टे सञ्चालन गर्ने, डुंगा शयरको व्यवस्था मिलाउने र सैनामैना क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य छ ।

जैविक विविधताको संरक्षणका लागि समेत यो आयोजना महत्वपूर्ण हुने भएकाले यसलाई सम्पन्न गर्न पूर्व अर्थमन्त्री विष्णु पौडेलले सक्रियता देखाएका छन् ।

Loading...