बाबुरामका उम्मेदवारलार्इ नै प्रचण्डले उम्काएर लिएपछि

चीतवन, १३ मंसिर । नँयाशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई फेरी झट्का लागेको छ ।

बाबुरामका केन्द्रीय सचिवालय सदस्य समेत रहेका समामुपातिक उम्मेदवार दानबहादुर तामाङ प्रचण्डसँग गएका छन् ।

मंगलबार पश्चिम चितवनको पर्साढापमा आयोजित बाम गठबन्धनको चुनावी सभामा उनी प्रचण्ड नेतृत्वकाे माओवादी प्रवेश गरेका हुन् । उनलाई प्रचण्डले नै ललार्इफकार्इ अाफ्नाे पार्टीमा प्रवेश गराएका हुन् ।

दोस्रो संविधानसभाको चुनावमा उनी चितवन क्षेत्र नंं ५ बाट उम्मेदवार बनेका उनी क्षेत्र नं ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार वन मन्त्री विक्रम पाण्डेसगँ २ हजार ३ सय ५२ मतले पराजित भएका थिए ।

०७० सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट उम्मेदवार बनेका तामाङ केही समय अघि एमाले परित्याग गरेका थिए । तमाङ नयाँ शक्ति पार्टी नेपालको चितवनबाट समानुपातिक उम्मेदवार हुन् ।

पछिल्लाे समय माअाेवादी केन्द्र छाेड्नेहरूकाे लर्काे लागेपछि अात्तिएका प्रचण्ड विभिन्न लाेभ लालचमा पारेर अन्य पार्टिका कार्यकर्ताहरूलार्इ अाफ्नाे पार्टीमा तान्न अाफै खटिन थालेका छन् ।

प्रचण्डले १० बर्षे जनयुद्धकाे मर्मविपरित अाफ्नाे व्यक्तिगत स्वार्थका लागि एमालेमा समाहित हुन खाेजेकाे भन्दै कार्यकर्ताहरू पार्टी परत्याग गर्न थालेका छन ।

Loading...