प्रमोद खरेलसँग देउडामा अनिता चलाउनेको धमाकेदार प्रस्तुति

थाेरै मानिसले मात्र अाफ्नाे अध्ययन र करिअर फरक फरक बनाएकाे देखिन्छ । त्यस्तै एक नाम हाे अनिता चलाउने । पत्रकारिता पढेकी अनिता पछिल्लाे समयकी चर्चित गायिका हुन् । देश तथा विदेशका थुप्रै लाइभ कन्सर्टमा अनिताकाे माग छ । अाधुनिक र लाेक दुबै खालका गीतमा स्वर दिँदै अाएकी अनिताकाे ‘देउडा खेल्छु चट्टै’ बाेलकाे देउडा गीत पनि बजारमा अाएकाे छ ।

सुदुरपश्चिममै जन्मिएकी अनिता अाफ्नै क्षेत्रकाे देउडा गीत गाउन पाउँदा निकै उत्साहित भएकी छन् । त्यसमा पनि अाधुनिक गायनका क्षेत्रमा अत्यन्तै चर्चित स्वर प्रमाेद खरेलका साथमा उनले याे देउडा गीत गाएकी छन् । यसले उनकाे उत्साहमा अझ बढी उर्जा थपिएकाे छ ।

चर्चित गायक प्रमोद खरेल र गायिका अनिता चलाउनेको स्वरमा रहेको याे देउडा गीतको म्युजिक भिडियो समेत बनेकाे छ । म्यूजिक भिडियाे पनि निकै उत्कृष्ट बनेकाे निर्माताहरुकाे भनाइ छ । यसलार्इ म्यूजिक भिडियाेका क्षेत्रमा अत्यन्तै स्थापित निर्देशक तथा नृत्य विधाका कलाकार शंकर बिसीले निर्देशन गरेका छन् । गीतमा शंकर स्वयम माेडल भएर नृत्य पनि गरेका छन् । शंकरलार्इ माेडलिङमा साथ दिएकी छन् अर्की कलाकार अञ्जली अधिकारीले ।

यस गीतका गीतकार हुन डिबी खड्का भने विनोद बाजुरालीले संगीत दिएका छन् । गीतको छायाङ्कन काठमाडौंको मूलपानीचौरमा गरिएकाे छ । राजेश घिमिरेले छायाङ्कन गरेकाे याे भिडियाे यसअघि ‘हुन्यावाली जीवनसाथी’ बाेलकाे चर्चित देउडा गीत प्रस्तुत गरेकाे समूहले प्रस्तुत गरेकाे हाे ।

Loading...