सिटौला पछि फेरि प्रधानमन्त्री शेरबहादुर देउवालार्इ लक्षित गरी वम प्रहार, ८ घाइते

दाङ, १२ मंसिर । दाङको तुल्सीपुरमा बम विष्फोट हुँदा म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु आज दाङको तुलसीपुरमा आयोजित सभालाई सम्वोधन गर्न आएको बेला बम विष्फोट गराइएको हो । सभास्थल भन्दा करिब ५० मिटर टाढा बम विष्फाेट भएकाे बताइएको छ ।

अाजै नेपाली कांग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटाैलाकाे घरमा वम विष्फाेट गराइएकाे थियाे । झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा गए राति करिव १ बजेतिर वम विस्फोट गराइएको हाे ।

झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका सिटौला बम विष्फाेटका बेला घरमै बसेका थिए। घरकाे पछाडि भागबाट बम फ्याकेर विष्फाेट गराइएकाे प्रहरीले जनाएकाे छ । वम विष्फाेटबाट घरमा सामान्य क्षति पुगेकाे छ।

घरमा ठूलो क्षति पुर्‍याउन नभर्इ तर्साउनका लागि मात्र बम विस्फोट गराइएको हुन सक्ने प्रहरीको अनुमान गरेकाे छ । वम विष्फाेट कसले गरेकाे हाे भन्ने अहिलेसम्म थाहा हुन सकेकाे छैन ।

ठूलाे अावाजका साथ बम बिष्फाेट भएपछि छिमेकीहरु समेत त्रसित भएका थिए । वम विष्फाेट भएकाे केही बेरमै प्रहरी सिटाैलाकाे घरमा पुगेकाे थियाे ।

Loading...