माउन्ट आगुंगमा खतरानाक ज्वालामुखी निस्कँदै सबै मानिसलाई

काठमाडौं, १२ मंसिर । इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा झनझन बढिरहेको छ । आसपाका एक लाख मानिसहरु प्रभावित हुने भएका छन् । उनीहरुलाई तत्काल अन्यत्र जान भनिएको छ । इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो ।

प्रशासनले त्यहाँको विमानस्थल पनि बन्द गरिदिएको छ । जसका कारण कयौं यात्रु अलपत्र परेका छन् । माउन्ट आगुंगमा ३ हजार ४ सय मिटरको उचाईसम्म खरानी र धुँवाको मुस्लो फैलिएको छ ।

इन्डोनेसियाको राष्ट्रिय आपत प्रबन्ध बोर्डले माउन्ट आगुंगमा भएको ज्वालामुखीको आवाज १२ किलोमिटर परसम्म सुनिएको जनाएको छ । सोमबार मात्रै ४० हजार मानिस अन्यत्र सरिसकेका छन् । इण्डोनेसियाको बाली एक प्रमुख पर्यटकीय स्थल हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ज्वालामुखीको घर मानिने इण्डोनेसियामा १३० ज्वालामुखी सक्रिय छन् । अन्तिमपटक माउन्ट आगुंग सन् १९६३ मा फुटेको थियो जसको कारण एक हजार जनाको मृत्यु भएको थियो ।

Loading...