कांग्रेस नेता सिटौलाको घरमा मध्यरातमा बम विष्फोट, घरमै रहेका सिटौला सकुशल

झापा, १२ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फाेट भएकाे छ । झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा गए राति करिव १ बजेतिर वम विस्फोट गराइएको प्रहरीले जनाएको छ।

झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका सिटौला बम विष्फाेटका बेला घरमै बसेका थिए। घरकाे पछाडि भागबाट बम फ्याकेर विष्फाेट गराइएकाे प्रहरीले जनाएकाे छ । वम विष्फाेटबाट घरमा सामान्य क्षति पुगेकाे छ।

घरमा ठूलो क्षति पुर्‍याउन नभर्इ तर्साउनका लागि मात्र बम विस्फोट गराइएको हुन सक्ने प्रहरीको अनुमान गरेकाे छ । वम विष्फाेट कसले गरेकाे हाे भन्ने अहिलेसम्म थाहा हुन सकेकाे छैन ।

ठूलाे अावाजका साथ बम बिष्फाेट भएपछि छिमेकीहरु समेत त्रसित भएका थिए । वम विष्फाेट भएकाे केही बेरमै प्रहरी सिटाैलाकाे घरमा पुगेकाे थियाे ।

Loading...