मतदान अधिकृतकै झोलामा भेटिए हस्ताक्षर गरिएका ५० मतपत्र, अधिकृत पक्राउ

नुवाकोट, ११ मंसिर । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् ।

नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् ।

मतदान करिब करिब सकिन लाग्दा आइतबार साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतपेटिकामा खसाल्न लागेको अवस्थामा उनी समातिएका छन् । उनलाई तत्कालै स्थानीय मतदाता र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए ।

पक्राउ परेका बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोट पु¥याएको बताइएको छ । यस विषयमा सम्बन्धित निकाय र मुख्य निर्वाचन अधिकृतको कार्यालयलले जवाफ दिएको छैन । रंगेहात समातिएको मतपत्र प्रतिनिधि सभा, प्रदेश सभा र दुवै तर्फका समानुपातिक मतपत्रहरु रहेका छन् ।

पक्राउ पर्ने अधिकृत बस्नेत काँग्रेस निकट सक्रिय कार्यकर्तासमेत रहेको माओवादी-एमाले गठबन्धनले आरोप लगाएको छ । यस विषयमा थप अनुसन्धान गरेर आवश्यक पहलकदमी लिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले देशभर धाधलीरहित, शान्तिपूर्णरुपमा मतदान समपन्न भएको दावी गरिरहेका बेला कतै ब्यापक घटनाहरु घटेका छन् । निर्वाचन अधिकृत नै यस्तो कार्यमा संग्लन हुनु, प्रहरीमाथि नै अत्याधुनिक हतियारबाट गोली प्रहार हुनु, मतदान केन्द्रमै शक्तिशाली बम बिस्फोट हुनु, मतदाताहरुको उलेख्य सहभागिता नहुनुले यो निर्वाचन नै असफल भएको संकेत गरेको छ ।

Loading...