नेमारकाे गाेलले पीएसजीकाे अर्काे जित

नेमार र एडिशन काभानीले गोल गरेपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले आइतबार राति भएको खेलमा मोनाकोलाई २–१ ले पराजित गरेको छ।

अवे मैदानमा भएको खेलको १९ औं मिनेटमा काभानीले पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो सिजनमा उनको यो २३ औं गोल हो।

त्यस्तै, ५२ औं मिनेटमा पाएको पेनाल्टीबाट नेमारले पिएसजीका लागि थप गोल गरे। ८१ औं मिनेटमा माउटिन्होले मोनाकोका लागि एक गोल फर्काएका थिए।

योसँगै लिगमा ९ अंकको अग्रता कायम राख्दै पिएसजी शीर्ष स्थानमा यथावत् छ। जितपछि पिएसजीको १४ खेलबाट ३८ अंक भएको छ। दोस्रो स्थानको लियोनको २९ अंक छ।

Loading...