पत्रकार बाेहाेरा र भट्टले जमाना नि के अायाे भन्दै युवतीलार्इ प्रपाेज गरेपछि

गायक तथा पत्रकार राजु बाेहाेरा र उनका सहकर्मी पत्रकार साहस भट्टकाे नयाँ गीत सार्वजनिक भएकाे छ । गायिका तथा माेडल सिर्जु अधिकारीकाे साथमा राजु बाेहाेराले स्वर दिएकाे जमाना नि के अायाे बाेलकाे गीत म्यूजिक भिडियाेका साथमा बजारमा ल्याइएकाे छ ।
जमाना नि के आयो गीतमा राजु बाेहाेरा र सिर्जु अधिकारीकाे स्वर रहेकाे छ । सञ्चारकर्मी साहस भट्ट र कृष्ण बस्नेत समिपको शब्द रचना रहेकाे याे गीतमा साहस भट्टले नै लय भरेका छ्न ।

यस गीतको म्युजिक भिडियो अहिलेका व्यस्त युवा निर्देशक विक्रम चौहानले गरेका हुन । त्यसैगरी प्रकाश खड्काले यस गीतकाे छायाङ्कन गरेका हुन् भने मिलन बिकले दृष्य सम्पादन गरेका हुन् । गीतकाे म्युजिक भिडियोमा मरिचमान श्रेष्ठ बल्छी धुर्बे र सिर्जु अधिकारी लगायतका कलाकारहरूको अभिनय गरेका छन् ।

सञ्चारकर्मी बाेहाेरा र उक्त गीतका गीतकार साहस भट्ट रेडियाेकर्मी हुन् । उनीहरु दुबै जना रेडियाे मिर्मिरेमा कार्यरत छन् । बाेहाेरा नेपाल साङ्गीतिक क्षेत्रमा विगत लामो समयदेखि सक्रिय
रहँदै अाएका छन्र । नेपाली गीतसंगीतको संरक्षण र प्रबर्द्धनमा अनबरत रूपमा लागिरहेका बोहराका अन्य थुप्रै गीत बजारमा अाइसकेका छन् ।

विगत एक दशकदेखि रेडियो मिर्मिरेमा नेपाली गीतसंगीत कै संरक्षण र प्रचारप्रसारमा खटिएका उनी रेडियोमार्फत विभिन्न कार्यक्रम उत्पादन र कार्यक्रम सञ्चालन गरेर धेरै भन्दा धेरै श्रोताको मनमा बसेका छन् । उनले स्वर भरेका मुटु दुख्ने पिरती, माया मारेनी, माया गर्ने मान्छे, छुट्यो मायाजाल लगायतका करिब २ दर्जन भन्दा बढी गीतहरू नेपाली साङ्गीतिक बजारमा राम्राे चर्चा कमाइसकेका छन् ।

हेर्नुहाेस भिडियाे

 

 

Loading...