मालकोटमा शुन्य मतदान ! निर्वाचन टोली तीन बजे नै मतदान केन्द्र छोडेर उठ्यो

कालिकाेट, १० मंसिर । कालिकाेटकाे मालकाेटमा गाेली हानाहान हुन थालेपछि निर्वाचन टाेली दिउसै फर्केकाे छ । मालकाेटकाे सल्लारुख गाउँ नजिकै राखिएकाे बुथबाट निर्वाचनका लागि खटिएका कर्मचारी, म्यादी प्रहरीसहितकाे सुरक्षाकर्मी टाेली दिउसाे तीन बजे नै फर्केकाे बताइएकाे छ ।

दिउसाे तीन बजेसम्म कुर्दा पनि मतदान गर्न काेही नअाएपछि मतदान केन्द्रमा रहेका कर्मचारी र सुरक्षाकर्मीकाे टाेली दिउसै फर्केकाे थियाे । मालकाेटमा नन्दादेवी मावि सेरापाटामा मतदान केन्द्र राखिएकाे थियाे । उक्त मतदान केन्द्रमा करिव पाँच दर्नजभन्दा बढी जना नेपाली सेनासहित, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी २०० काे सङ्ख्यामा सुरक्षाकर्मी राखिएकाे थियाे । साथै नेपाली सेनाकाे हेिलकाेप्टरबाट बिहानैदेखि साे क्षेत्रमा गस्ती पनि गरिएकाे थियाे ।

ठूलाे सङ्ख्यामा प्रहरी परिचालन गर्दा पनि त्यस क्षेत्रका मानिसहरु मतदान गर्न नअाएपछि निर्वाचन टाेली दिउसै फर्किएकाे हाे । मालकाेटकाे शेरापाटामा केही दिन अघिदेखि प्रहरी र स्थानीयवासीबीच सामान्य झडप पनि हुँदै अाएकाे थियाे । केही दिन अघि मात्र प्रहरीले ३ जना युवालार्इ पक्राउ गरेपछि महिलाहरु जम्मा भएर प्रहरीबाट खाेसेका थिए । गए राती पनि सल्लारुख गाउँलार्इ घेरा हालेर छापा मारिएकाे थियाे । सल्ला रुख गाउँ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डकाे गाउँ हाे ।

अाज मतदानकाे दिन पनि बिहानैदेखि साे क्षेत्रमा प्रहरी परिचालन गरेर जनतालार्इ मतदानका लागि दवाव दिएकाे थियाे । तर, दिउसाे तीन बजेसम्म पनि मतदान गर्न मानिसहरु नअाएपछि त्यहाँ रहेका पार्टीका एजेन्ट, सुरक्षाकर्मी, कर्मचारी अाफैले भाेट हालेर टाेली फर्किएकाे बताइएकाे छ ।

त्यसैगरी कर्णाली अञ्चलकै मुगु जिल्लामा स्थानीय जनताले निर्वाचनका लागि गएकाे सुरक्षाकर्मीसहितकाे टाेलीलार्इ लेखेटेका छन् । मुगुकाे सीमा माङग्री गाउँकाे थाइल मतदान केन्द्रमा गएकाे निर्वाचन टाेलीलार्इ जनताले लखेटेका हुन् ।

थाइल गाउँमा मतदानका लागि गएकाे सुरक्षाकर्मीकाे टाेलीले मतदान गर्न नमानेपछि दवाव दिन थालेकाे र साे क्रममा अाक्राेशित स्थानीयले प्रहरी र कर्मचारीलार्इ लखेटेका हुन् । साे क्रममा चार जना प्रहरी र तीन जना स्थानिय जनता घाइते भएकाे बताइएकाे छ ।

अाजै दिउसाे मालकाेटकाे सल्लारुख गाउँ नजिकै रहेकाे मतदान केन्द्रतर्फ लक्षित गरी केही व्यक्तिले अटाेमेटिक हतियारले गाेली चलाएका थिए । आइतबार बिहान ९ बजेतिर गाेली चलाइएपछि त्यहाँ निर्वाचनका लागि खटिएका कर्मचारी अात्तिएका थिए । त्यसकाे जवाफ स्वरुप प्रहरीले पनि त्यसतर्फ केही राउण्ड फायर गरेकाे थियाे । त्यसपछि केहीबेर दुबैतर्फबाट गाेली हानाहान र दाेहाेराे भिडन्त भएकाे थियाे । प्रहरीले अज्ञात समूहले सेल्फ लाेडिङ राइफलबाट गाेली चलाइएकाे जानकारी दिएकाे छ । साे क्रममा प्रहरीले २५ राउण्ड गोली चलाएको बताइएकाे छ । एक स्थानीयवासीले प्रहरीले भन्दा अर्काेतर्फबाट बढी गाेली चलेकाे बताए । 

यसघि मलकोटमा शनिबार राती पनि दोहोरो गोली हानाहान भएकाे थियाे । साथै प्रहरीले सल्लारुख गाउँ र त्यस अासपासका गाउँमा घेरा हालेर सर्च अभियान पनि चलाएकाे थियाे ।

निरन्तर झडप भइरहेपछि त्यस ठाउँमा अाजमात्र निर्वाचन सामाग्री र निर्वाचन टाेली पुगेकाे थियाे । सेनाकाे हवार्इ गस्तीसहित प्रहरीकाे कडा सुरक्षाकाबीच कर्मचारी र निर्वाचन सामाग्री त्यहाँ पुर्याइएका थिए ।

गत स्थानीय तहकाे निर्वाचनमा पनि मालकाेटकाे नन्दादेवी मावि सेरापाटामा झडप भएकाे थियाे । झडपमा परी एक जनाकाे मृत्यु हुनुका साथै दुर्इ जना घाइते भएका थिए । त्यतिबेला मतदान सकिएपछि झडप भएकाे थियाे भने यसपटक मतदान सुरु हुने बित्तिकै गाेली हानाहानसहितकाे भिडन्त भएकाे हाे ।

कालिकाेटका अन्य ठाउँमा पनि गए राती र अाज दिउसाे पनि वम विष्फाेटका घटना भएका छन । शनिबार राती मात्र कालिकोटको मुम्रास्थित क्यूरी मतदान केन्द्रमा राती भिडन्त भएको थियो । क्यूरी मतदान केन्द्रलार्इ नेपाल कम्युनिस्ट पार्टी समर्थित कार्यकर्ता र स्थानीयले केही समय नियन्त्रणमा समेत लिएका थिए । मतदान केन्द्रलार्इ नियन्त्रणमा लिइ उनीहरुले निर्वाचन सामाग्री नष्ट पनि गरेका थिए । मतदान केन्द्रमा रहेकाे निर्वाचन टाेली र प्रहरीकाे टाेली भिडन्त भएपछि भागेकाे थियाे । साे क्रममा प्रहरी सर्इ र हवल्दार तथा दुर्इ जना स्थानीय घाइते भएका थिए । 

राती ९ बजे देखि १२ बजेसम्म भएको भिडन्तपछि स्थानीयले मतदान केन्द्रको सम्पूर्ण निर्वाचन सामाग्री कब्जा गरेर बुथ खाली गरेका थिए ।यस्तै शनिबार दिउसो कालिकोटकै पलाता गाउँपालिकाको डाफे मतदान केन्द्रका लागी गएको कर्मचारी र सुरक्षाकर्मीहरुको टोलीलाई स्थानीयले ढुंगामुडा गरेर लखेटेपछि नेपाली सेनाको हेलिकप्टरले हवाई फायरिङ गरेको थियो ।

त्यस्तै कालिकाेटकै मेहलमुडीमा अाज बिहान प्रहरीले दर्जनाै राउण्ड हवाइ फायर गरेकाे थियाे । त्यसपछि उक्त क्षेत्रमा ३ वटा हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी र कर्मचारी उतारेको थियो भने भागेका कर्मचारी र प्रहरीलाई शनिबार हेलिकप्टर मार्फत नै सदरमुकाम फिर्ता लिएको थियो ।

यी सामाग्री पढ्न छुटाउनुभयाे कि

१. कालिकोटको मालकोटमा दाेहाेराे गाेली हानाहान

 

२. रुकुम बाँफिकोट र आठबिसकोटको मतपेटिकामा आगलागी

 

३. गठबन्धनबाटै ठाउँ ठाउँमा बुथ कब्जा गर्ने प्रयास, धादिङ र दाेलखामा झडप

 

४. कालिकोट तनावग्रस्त, राती भएको झडपमा घाइते भएका २ प्रहरीलाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइदै

 

५. सिराहामा प्रहरीमाथि नै गोली प्रहार, दुर्इ प्रहरी गोली लागि गम्भीर घाइते

 

६. सिन्धुपाल्चोककाे बलेफीमा दुर्इ गठबन्धनबीच भएकाे झडपमा गाेली चल्याे

 

७. मतपेटिका खाेल्दा प्रेसर कुकर बम भेटिएपछि ताप्लेजुडमा भागाभाग

 

Loading...