व्यापारी अपहरणमा सम्लग्न पुजा घर्ती पक्राउ

दाङ, २७ असार । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठकाे अपहरणमा सम्लगन् पुजा घर्तीलार्इ प्रहरीले पक्राउ गरेकाे छ ।
घर्तीले अाफ्ना बाबुकाे निर्देशन अनुसार व्यापारी श्रेष्ठलार्इ तुलसीपुरबाट बाेलाएर सल्यान लगेकी थिइन । सल्यान पुगेपछि पुजाका बाबुकाे टाेलीले उनलार्इ अपहरण गरेर केही दिनपछि हत्या गरेकाे थियाे ।

बाबु र छाेरी मिलेर व्यापारी अपहरण गरेर हत्या गरेकाे याे घटना निकै चर्चित बनेकाे थियाे । प्रहरीले अपहरणमा सम्लग्न केही व्यक्तिलार्इ पक्राउ गरे पनि मुख्य याेजनाकार पुजा घर्ती र उनका बाबु टिकाराम घर्तीलार्इ पक्राउ गर्न सकेकाे थिएन ।

पुजालार्इ भारतमा पक्रेर नेपाल ल्याे प्रहरीले
प्रहरीले अभियुक्त पुजा घर्तीलार्इ भारतमा पक्राउ गरिएकाे जनाएकाे छ । भारतमा पक्राउ गरेर उनलार्इ प्रहरीले दाङमा ल्याइसकेकाे जनाएकाे छ । अाजै उनलार्इ सार्वजनिक गरिने पनि राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

यसअघि श्रेष्ठ अपहरण–हत्या घटना अनुसन्धान गर्न प्रहरीले चार सदस्यीय समिति गठन गरेको थियो। प्रहरी अनुसन्धानका आधारमा श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई यसअघि नै पक्राउ गरिसकेको छ।

Loading...