मध्यरातमा पैसा बाँडिरहेकाे बाबुराम भट्टरार्इकाे टाेली पक्राउ

गाेरखा, १० मंसिर । नयाँ शक्ति पार्टी नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टाराई जिताउन भन्दै मतदातालाई पैसा बाँड्दै गरेका नयाँ शक्ति पार्टीका कार्यकर्ता पक्राउ गरेका छन् ।

शनिबार राती १ बजे गोरखाको क्षेत्र नम्बर २ अन्तरतग शिरानचोक गाउँपालिका – ८ गोपालडाँडामा नयाँ शक्तिका ५ जना नेताहरु गाडी र नगद रकमसहित पक्राउ परेका छन् । उनीहरु सबै अहिले प्रहरीको नियन्त्रणमा रहेको स्थानीय भगत दवाडीले जानकारी दिए ।

नयाँ शक्तिका कार्यकर्ताहरुले ग २ च १७२५ नम्बरको महेन्द्र बोलेरो पिकअप गाडीमा नगद एक लाख र प्रचार सामाग्रीसहित उनीहरुलाई ईलाका प्रहरी कार्यालय जौबारीमा राखिएको छ ।

पक्राउ पर्नेहरूमा चालक गोरखा–११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका–१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ त्यसैगरी गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ र गोरखा – ८ बस्ने खुशबहादुर थापा रहेका छन ।

Loading...