दिउसै बन्दुक लिएर सडकमा हिँड्दै गरेका भण्डारी पक्राउ

काठमाडौं । राजधानीको बसुन्धाराबाट एक व्यक्ति बन्दुकसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा परशुराम नगरपालिका, १ डडेल्धुराका सुरेश भण्डारी रहेका छन् ।

भण्डारीले बन्दुक बोकेर हिँडेको भनि आएको विशेष सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सुवास खड्का नेतृत्वको टोलीले बसुन्धाराको इसान बाल अस्पताल नजिकैबाट सोमबार साँझ पक्राउ गरेको हो ।
प्रहरीले भण्डारीको साथमा रहेको एक थान कटुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोलीसहित नियन्त्रणमा लिइएको जनाएको छ ।

अभियुक्तले नेपालगन्जबाट मामा नाता पर्नेले अरु कसैलाई दिनको लागि सो पेस्तोल काठमाडौं पठाएको बताएका छन् । सोहि बन्दुक बोकेर आइतबार उनी नाइट बस चढेर काठमाडौं आइपुगेका थिए । यद्यपी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई नयाँ बसपार्कबाट थप अनुसन्धनको लागि मंगलबार महानगरीय प्रहरी बृत्त महाराजगन्ज लगिएको छ ।

Loading...