नेपाली कांग्रेसका सभापतिको घरमा वम विष्फोेट हुँदा गाडी क्षतविक्षत

झापा, ९ मंसिर । निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा बम विस्फोटका घटना पनि बढ्‍न थालेका छन् ।

शनिबार विहान मात्रै नेकपा एमाले अध्यक्षको घरमा बम विस्फोट भएको छ । उम्मेदवारलाई लक्षित गरेर बम विस्फोटका घटना पनि दिनदिनै भइरहेका छन् । जिल्लामा अहिलेसम्म मानविय क्षति नपाएको प्रहरीले बताएको छ ।

यसैबीच नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको घरमा पनि शुक्रबार राति बम विस्फोट भएको छ । झापा-२ नम्बर क्षेत्रका प्रतिनिनिध सभा सदस्य उम्मेदवार समेत रहेका थापाको घरमा भएको विस्फोटबाट उनी चढ्‍ने गाडी क्षतविक्षत भएको छ । घटनामा कुनै मानविय क्षति भने नभएको प्रहरीले बताएको छ ।

Loading...