बाबुरामकाे खुलासा : काठमाडाैमा सिंह बन्ने तर भारतमा बिरालाे बन्ने नेताहरु काे हुन?

काठमाडाैं, ९ मंसिर । नयाँ शक्ति पार्टीका संयाेजक डा. बाबुराम भट्टरार्इले नेपालमा भारतकाे हस्तक्षेप रहेकाे र त्याे हस्तक्षेपका विरुद्ध अाफूले भारतमै गएर कडा चुनाैती दिएर बाेल्ने गरेकाे दावी गरेका छन् । गाेरखा २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका भट्टरार्इले भारतीय हस्तक्षेपका विरुद्ध अाफू जति चुनाैती दिएर बाेल्ने नेपालमा अर्काे नेता नभएकाे समेत दावी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक वक्तव्य दिँदै बाबुरामले यस्ताे दावी गरेका हुन् । उनले नेपालका समकालिन नेताहरुमा बाहिर बाहिर मात्र ठूला कुरा गर्ने प्रवृति रहेकाे अाराेप उनले लगाएका छन् । अाफ्नाे देशमा विदेशी हस्तक्षेपका विरुद्ध जति चर्का नारा लगाए पनि विदेशीहरुकै सामु भने लम्पसार पर्ने प्रवृति रहेकाे उनकाे ठम्याइ छे । काठमाडाैमा भाषण गर्दा सिंह झै गर्जिने तर नयाँ दिल्लीमा बिरालाे बन्ने प्रवृति खतरानाक भएकाे उनले बताएका छन् । बाबुरामले भनेका छन्, “नेपालमा भाषण दिंदा सिंह जस्तै गर्जिने तर नयाँ दिल्ली जाँदा बिरालो बन्ने नेताहरुलाई हामीले छिटै पहिचान गरौँ ।”

बाबुरामले यहीबेला किन बाहिर ल्याए भन्ने धेरैले अाश्चर्य व्यक्त गरेका छन् । उनीमाथि यसअघि भारत परस्त भएकाे अाराेप लाग्दै अाएकाे थियाे । नेपालमा भारतीय स्वार्थकाे पक्षपाेषण गर्ने नेताहरु मध्ये बाबुरामलार्इ पनि चित्रित गरिदै अाइएकाे छ।

गाेरखामा बाबुरामसँग माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा छन । नारायणकाजी र बाबुरामका बीच गाेरखाका चुनावी सभाहरुमा निकै पेचिलाे घाेचपेच चल्दै अाएकाे छ । यसअघिका केही सभाहरुमा नारायणकाजीले बाबुरामलार्इ भारतपरस्तकाे अाराेप पनि लगाएका थिए । बाबुरामले त्यसकै प्रतिवाद स्वरुप अाफ्नाे याे भनार्इ बाहिर ल्याएकाे हुनसक्ने अनुमान गरिएकाे छ । उनले अाफ्नाे धारणा र भारतमा अायाेजित एक कार्यक्रममा बाेलेकाे अाफ्नाे भिडियाे क्लिप पनि फेसबुकमा सार्वजनिक गरेका छन् । फेसबुक स्टाटसमा उनले भनेका छन्, “मैले भारतलार्इ भारतमै गएर नेपालको सार्वभौमिकतालाई सम्मान दिन बारम्बार कडा चुनौती दिने गरेकाे छु । यस्ताे गर्न सक्ने मैले अरु कोही पनि नेपाली नेता देखेकाे छैन ।” उनले यदि यसरी बाेल्न सक्ने क्षमता भएकाे अरु काेही नेता भएमा देखाउन पनि चुनाैती पनि दिएका छन् ।

भारतकाे नीति अायाेगमै गएर अाफूले नेपालकाे सार्वभाैमिकताका बारेमा कडा चुनाैती दिएर बाेल्ने गरेकाे पनि बाबुरामकाे दावी छ । उनले नीति अायाेगमा गएर भारतका प्रमुख नीति निर्माणमा काम गर्नेहरुसँग बाेल्ने गरेकाे बताउँदै साेही सन्दर्भकाे एक भिडियाे पाेष्ट गरेका छन् । उनले अाफ्नाे स्टाटसमा भनेका छन्, “नयाँ दिल्लीमा भारतको नीति आयोगमै उनका राजदुतहरु र प्रमुख नीति निर्माताहरुसामु मैले राखेको सम्पादित बक्तब्य हेर्नुहोला र शेयर गर्नुहोला। अरु कुनै नेपाली नेताले भारतमा गएर यस्ताे कडा बक्तब्य दिएकाे प्रमाण देखाउन म चुनाैती दिन्छु ।”

वक्तव्यमा बाबुरामले अाफू गाेर्खाली भएकाे दावी गर्दै बाँचुञ्जेल नेपपालका लागि लड्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भनेका छन्, “मेराे देश प्रेम र नेपाली जनताप्रतिकाे प्रतिबद्धता माथि प्रश्न उठाउनेहरु कांतरहरु सिवायः केही हाेर्इनन् । म एक गोर्खाली हुँ र बाचुञ्जेल नेपालको लागि लड्न पछि हट्दिन।”

यस्ताे छ बाबुरामकाे फेसबुक वक्तव्य

Loading...