एमाले अध्यक्ष केपी अाेलीकाे घरमै बम विष्फाेट

झापा, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा शनिबार बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताएका छन् । मूल गेटमै थप एउटा बम फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । निर्वाचन अाउन १ दिन मात्र बाँकी रहँदा देशभर विष्फाेटका घटनाहरू बढ्दै गइरहेका छन् ।

Loading...