प्रधानमन्त्री देउवामाथि हेलिकप्टरबाट झर्ने बित्तिकै बम प्रहार

प्रधानमन्त्री शेरबहादुर देउवा नै बम विष्फाेटमा परेका छन् । देशभर बम विष्फाेटका घटना बढेपछि त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका देउवा अाफै विष्फाेटमा परेका हुन ।

कालिकाेटकाे काेटवाडामा नेपाली कांग्रेसले अायाेजना गरेकाे कार्यक्रममा प्रमुख अथितिका रूपमा गएका प्रम देउवालाई लक्षित गरि वम विष्फाेट गरिएकाे हाे । देउवा हेलिकप्टरबाट अाज विहानै कालिकाेट गएका थिए । काेटवाडा विमानस्थलमा हेलिकप्टर ल्यान्ड गर्ने बित्तिकै बम विष्फोट भएको हाे ।
वम विष्फोटबाट देउवालाई भने केही भएकाे छैन । घटनाकाे थप विवरण अाउन बाँकी छ ।

Loading...