सरकारले समातेका अधिकां‌श सर्वसाधारण नागरिक

सङ्ख्या मात्र देखाउँदै प्रहरी, समातिएका मान्छे काे हुन् भन्ने कुनै जानकारी छैन

काठमाडाैं, ६ मंसिर । निर्वाचनलार्इ शान्तिपूर्ण बनाउने र उम्मेदवारकाे सुरक्षा गर्नेभन्दै सरकारले देशभर सर्वसाधारण नागरिकमाथिकाे धरपकडलार्इ तीब्र बनाएकाे छ । साे क्रममा नेपाल प्रहरीले अहिलेसम्म ३०० जना गिरफ्तार गरेकाे जनाएकाे छ ।

तर, गिरफ्तार गरिएका अधिकांश व्यक्तिहरु नेत्रविक्रम चन्द ‘विप्लव’काे नेतृत्वमा रहेकाे नेपाल कम्युनिस्ट पार्टीकाे शुभचिन्तक मात्र भएकाे थाहा भएकाे छ । पक्राउ परेका मध्ये केही नेकपाकाे सदस्य नै छैनन् । यसैक्रममा प्रहरीले पर्वतमा एकजना किसानलार्इ पक्राउ गरेकाे छ । पर्वतकाे भंगरा घर भएका ढक बहादुर क्षेत्रीलार्इ प्रहरीले मंगलबार राती घरबाटै गिरफ्तार गरेकाे छ । केरा खेती गर्ने क्षेत्रीलार्इ प्रहरीले घरमै सुतिरहेका बेला गिरफ्तार गरेर लगेकाे उनका अाफन्तले जानकारी गराएका छन् । त्यस्तै बाँकेमा चुनी चाचा नाम गरेका एक बृद्धलार्इ अस्वस्थ अवस्थामा पनि गिरफ्तार गरेर प्रहरी चाैकीमा राखिएकाे छ ।

त्यसैगरी प्रहरीले बर्दियामा सर्वसाधारण किसानलार्इ गिरफ्तार गरेकाे छ । बर्दियामा कैलाश गन्धर्व, सोनु, राजेन्द्र र कुसुम नाम गरेका सर्वसाधारण व्यक्तिलार्इ बाटाेमा हिडिरहेका बेला समातेर प्रहरी कार्यालयमा राखिएकाे थाहा भएकाे छ । बर्दियामै हिरा पुन, चन्दु थारु, भिम अधिकारी, पहलमान, बलबहादुर बिक, बलविर रानालार्इ पनि प्रहरीले विना कारण गिरफ्तार गरेकाे छ । त्यस्तै प्यूठानमा पनि प्रहरीले सडकमा गिटी कुटिरहेका कामदार र हार्डवेयर पसल चलाउने गरेका व्यक्तिलार्इ पनि गिरफ्तार गरेकाे छ । त्यस्तै जाजरकाेटबाट प्रहरीले शिवलाल जैसी, कमानसिंह वलीलार्इ गिरफ्तार गरिएकाे छ ।

प्रहरीले त्यसका साथै नेकपाकाे नजिकमा रहेका पत्रकारहरुमाथिकाे धरपकड पनि निकै बढाएकाे छ । क्रान्तिकारी पत्रकार संगठन, नेपालले दिएकाे जानकारी अनुसार देशभर प्रहरीले ८ जना पत्रकारहरुलार्इ गिरफ्तार गरेकाे छ । सक्रिय पत्रकारिता गरिरहेका र नेपाल पत्रकार महासंघकाे सदस्य र कार्यसमिति सदस्य समेत रहेर काम गरिरहेका पत्रकारहरुलार्इ विना कारण गिरफ्तार गरेकाे साे सं‌गठनले जनाएकाे छ । संगठनका अध्यक्ष प्रभात चलाउनेले एक विज्ञप्ती जारी गर्दै संविधान र कानुन विपरित सरकारले स्वेच्छाचारी रुपमा गिरफ्तारीकाे श्रृङ्खला बढाएकाे भन्दै त्यसप्रति खेद व्यक्त गरेका छन् ।

अध्यक्ष चलाउनेले दिएकाे जानकारी अनुसार प्यूठानका पत्रकार पदमप्रसाद पाेखरेललार्इ श्रीमतीलार्इ उपचार गराउन अस्पतालमा गएका बेला विजुवारमा रहेकाे एक अस्पतालबाटै समातिएकाे हाे ।

त्यसैगरी रुपन्देहीबाट प्रकाशित हुने गर्जन पोष्ट साप्ताहिक पत्रिकाका सम्पादक पत्रकार प्रकाश डुम्रेलाई मंगलबार दिउसो बुटवलमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको पत्रकार सम्मेलनबाटै गिरफ्तार गरिएकाे छ । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय समिति सदस्य तथा लुम्बिनी अञ्चल संयोजक र नेपाल पत्रकार महासंघ रुपन्देही जिल्ला शाखाका कार्यसमिति सदस्य पनि हुन् ।

त्यसैगरी सोमबार मात्र कालिकोटबाट प्रकाशित हुने हुने जनप्रभात साप्ताहिक पत्रिकाका समाचार प्रमुख तथा सहसम्पादक जगदिशनाथ योगीलाई सदरमुकाम मान्ममा रहेको पत्रिकाको कार्यालयबाटै पक्राउ गरिएको छ । सोही पत्रिकाका प्रकाशक सम्पादक कालीबहादुर महतारालाई पनि केही दिन अघि कार्तिक २९ गते सदरमुकाम मान्मबाटै गिरफ्तार गरिएको थियो ।

त्यस्तै मंसिर ३ गते आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनका बारेमा रिपोर्टिङका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका मध्यान्ह दैनिकका पत्रकार दिपेश शाहीलाई अस्पताल परिसरबाटै पक्राउ गरिएको छ ।

त्यसैगरी काठमाडौंबाट प्रकाशित हुने हाम्रो जलजला मासिकका सम्पादक खेम थपलियालाई बागबजारमा रहेकोे प्रगतिशील लेखक संघको कार्यालयमा आयोजित कार्यक्रम स्थलबाटै पक्राउ गरिएको छ । काठमाडौंबाटै प्रकाशित हुने नेवारी पत्रिका निहिगु ज्वजोलोप्पा पत्रिकाका सम्पादक जितेन्द्र महर्जनलाई किर्तिपुरस्थित घरबाटै पक्राउ गरिएको छ । त्यस्तै ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई पनि गिरफ्तार गरेर हिरासतमा राखिएको छ ।

सरकारले सबैभन्दा बढी सर्वसाधारणलार्इ दाङमा गिरफ्तार गरेकाे छ । नेपाल प्रहरीले गृहमन्त्रालयमा दिएकाे रिपाेर्ट अनुसार दाङमा २७ जना मान्छे गिरफ्तारीमा परेकाे जनाएकाे छ । तर, ती मानिसहरु काे हुन् भन्ने बारेमा केही बताइएकाे छैन । त्यसैगरी गृहमन्त्रालयले कास्कीमा २०, रुकुममा १८, राेल्पामा १३, झापामा १२, रुपन्देहीमा १०, बर्दियामा १०, ताप्लेजुङमा ९, उपत्यकामा ९, कैलालीमा ८, भाेजपुरमा ७, चितवनमा ७, गाेरखामा ७, अर्घाखाँचीमा ७, कञ्चनपुरमा ७, धादिङमा ६, बारामा ६, प्यूठानमा ६, बैतडीमा ६, मकवानपुरमा ४ जना गिरफ्तार गरेकाे जनाएकाे छ । तर, यी समातिएका व्यक्तिहरु काे हुन र किन समातियाे भन्नेबारेमा न त प्रहरी न त गृहमन्त्रालय कसैले केही बताएका छैनन ।

गृहमन्त्रालयकाे रेकर्डमा दाङमा २७ जना गिरफ्तार गरेकाे रेकर्ड राखेकाे भए पनि नेपाल कम्युनिस्ट पार्टी दाङले भने अाफ्ना ८ जना मात्र कार्यकर्ता तथा शुभचिन्तकहरु गिरफ्तार परेकाे दावी गरेकाे छ । बाँकी १९ जना व्यक्तिहरु काे हुन भन्ने केही थाहा छैन । यसले पनि सरकारले मनाेमानीपूर्ण तरिकाले मानिसहरु गिरफ्तार गर्ने गरेकाे खुलेकाे छ ।

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुमन लिम्बु लगायत केही जिल्ला तहका कार्यकर्ता मात्र समातेकाे छ । लिम्बुलार्इ पनि माेटरसाइकल दुर्घटनामा परेर केही दिन अघिदेखि नै अस्पतालमा भर्ना भएका बेला समातेकाे हाे । 

 

Loading...