सन्नी लियानले त्रसित मुद्रामा भनिन ‘मलार्इ प्रत्येक दिन ज्यान मार्ने धम्की अाउँछ’

मुम्बई । फिल्म ‘पद्मावती’को विषयलाई लिएर राजपुत करणी सेनाले निर्देशक संजय लिला भंसालीको टाउको काट्ने र अभिनेत्री दीपिका पादुकोणको नाक काट्नेसम्मको धम्की दिएका छन् ।

धम्कीपछि यो मुद्दामा अभिनेत्री सन्नी लियोनीले पनि निर्माण युनिट र कलाकारको समर्थन गरेकी छिन् । सन्नीले आफूलाई पनि दिनहुँ ज्यान मार्ने सम्मको धम्की आउने गरेको बताएकी छिन् ।

‘दीपिका र भंसालीलाई दिइने गरिएको धक्कीको बिषयलाई तपाईले कसरी लिनु भएको छ ?,’ हालै सन्नीलाई प्रश्न राखिएको थियो । जवाफमा उनले आफूलाई समेत दैनिक मार्ने धक्की आउने गरेको खुलासा गरेकी छन् । ‘मैले आफ्नो इन बक्सको केही दिनयताको म्यासेज तपाइलाई देखाए भने हैरान हुनु हुनेछ,’ उनले भनिन् ‘हरेक दिन मलाई ज्यान मार्ने धम्की आउँने गरेको छ ।’

विगत ६ बर्षेदेखि आफूलाई बिभिन्न धम्की आउने गरेको बताएकी सन्नीले यस्ता धम्कीले आफुलाई केही फरक नपर्ने समेत बताएकी छन् ।

‘त्यसरी आउने धम्कीलाई के गर्ने त ?,’ उनलाई प्रश्न राखिएको थियो । ‘धम्कीको प्रचार गरेर गुन्डालाई हाइलाइट गर्न हुँदैन । धेरै आएमा पुलिसलाई खबर गर्नुपर्छ,’ सन्नी भन्छिन्, ‘जसले धम्की दिन्छ, उनले नोक्सान पुर्याउँदैन ।’

सन्नीले चलचित्र ‘पद्मावती’ रिलिज गर्ने विषयमा बिषयमा सेन्सर बोर्ड जिम्बेवारी लिनुपर्ने जोड दिएकी छन् ।

Loading...