सताक्षी गोल्डकपमा मनाङ मर्स्याङ्दीद्वारा रुपन्देही-११ पराजित

काठमाडाैं । रुपन्देही–११ दोस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम एक मिनेट सम्हालिन नसक्दा रुपन्देही-११ प्रतियाेगिताबाट बाहिरिनु परेकाे हाे ।

मनाङ मस्र्याङ्दीले रुपन्देहीलाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा रुपन्देहीले खेलको ६ मिनेटमै अग्रता लिएको थियो । तर, खेल सकिन ६ मिनेटअघि मनाङले बराबरी गोल फर्कायो ।

टाइब्रेकरमा रुपन्देहीका रजिन धिमालको प्रहार बाहिरिएको थियो । विजय धिमालको प्रहार गोलरक्षक दिनेश थापा मगरले बचाउ गरेका थिए । मनाङका विमल बस्नेत, कमल श्रेष्ठ, नीराजन मल्ल र दोण थापाले गोल गरेका थिए । रुपन्देहीका नीरज बस्नेतले मात्र गोल गर्न सफल भएका थिए ।

रुपन्देहीले खेलको छैटौँ मिनेटमा अबाले अग्रता दिलाएका थिए । रजिन धिमालको प्रहार मनाङका गोलरक्षक दिनेश थापा मगर फुत्किएपछि अबाले गोल गरेका थिए । ७९औँ मिनेटमा मनाङका दोण थापाले बराबरीमा ल्याएका थिए । डी–बक्सनजिकै रुपन्देहीका सौरव मगरको हातमा बलले छोएपछि मनाङले फ्री–किक पाएको थियो ।

खेलको १८औँ मिनेटमा अबाको प्रहार गोलरक्षक थापा मगरको हातबाट फुत्किएपछि मनाङका कमल श्रेष्ठले गोललाइनबाट बचाएका थिए । खेलको म्यान अफ द म्याच मनाङका दोण थापा घोषित भए ।

Loading...