नक्कली शैक्षिक प्रमाण पत्र बनाउने गिरोह प्रहरी फन्दामा

काठमाडाैं, ५ मङ्सिर । काठमाडौँ महानगरीय प्रहरी अपराध महाशाखाले रकम लिइ नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बेच्ने गिराेहलार्इ पक्राउ गरेकाे छ । साे गिराेहले एसएलसी, प्लस २ तथा अन्य शैक्षिक प्रमाण पत्र बनाइदिने गिरोहलार्इ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेकाे छ ।

विभिन्न समूहले अमेरिका इडिभी चिट्ठा परेकाहरुलाई मोटो रकम लिएर सरकारी दस्तखत किर्ते गरी १० प्लस २ को Migration Certificate, Provisional Certificate, राष्ट्रिय परिक्षा बोर्डको नक्कली सर्टिफिकेट बनाएको अनुसन्धान बाट खुल्न आएको महाशाखाले जनाएको छ ।  

महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली सर्टिफिकेट बनाउने,  प्रयोग गर्ने , मिलाई दिने गिरोह तथा संलग्न  आठ जना सबैलाई सार्वजनिक गरेको छ ।

प्रहरीको पक्राउमा EDV परेका नक्कली सर्टिफिकेट पेश गर्ने सिन्धुली ४ का रुद्र ब मोक्तान, ताप्लेजुङ २ का भुवानी प्रसाद भटराई, सहयोगी भूमिका खेल्ने कालिकोट ६ का बिशालजंग शाही, सम्पर्क गराइदिने कालिकोट ४ का शुरेश ब. शाही, सम्पर्क गराइदिने सुनसरी धरान ११ का अभय पोख्रेल, सेक्युरिटी लाइफ कन्सल्टेन्सीका कामदार काठमाडौ चण्डोल ४ का अनिल श्रेष्ठ, नक्कली सर्टिफिकेट बनाउने काभ्रेपलान्च्वोक १ का देवराज तामाङ, सम्पर्क गराइदिने काठमाडौ मनमैजु-२ का सन्तोषकुमार तिवारी रहेका छन् । पक्राउ परेकाहरुलाई  सरकारी छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारबाहीका लागि पाँच दिन म्याद थप गरिएको छ ।

युवाहरुको विदेशप्रतिको आकर्षणमा राम्रा देश जानकै लागि शैक्षिक प्रमाण पत्र आवश्यक रहेको हुँदा यी र यस्ता समूहले तीनलाख पचास हजारदेखि १२ हजारसम्म असुली विभिन्न शैक्षिक प्रमाण पत्र बनाउँदै आएको खुलेकाे छ । पक्राउ परेकाहरुका साथबाट विभिन्न नक्कली शैक्षिक प्रमाण पत्र, बनाउने सामग्री समेत बरामद गरिएको छ । यस कार्यमा संलग्न केही व्यक्तिहरु भने फरार रहेको र उनीहरुकाे खाेजी भइरहेको बताइएकाे छ । पक्राउ परेका परेका मध्येका अभय पोख्रेल यस अगाडि पनि नक्कली कागजात बनाउनेमा दोषी ठहर भइ सजाय समेत भुक्तान गरिसकेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिए । उनीहरुले नेपालस्थित दूतावासमा पेश गरेको प्रमाणपत्र शंकास्पद लागेपछि दूतावासले सो सम्बन्धी जानकारी प्रहरीलाई दिएको महाशाखाका प्रमुख लोहनीले बताए । 

बरामद गरिएका सामग्री

Loading...