प्रकाशको श्रद्धाञ्जली सभामा गाउँदागाउँदै जनगायक खुसिराम पाख्रीनको निधन

चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ ।

उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियाे । तर डाक्टरहरूले ढिला भैसकेकाे भन्दै उनलार्इ मृत घाेषणा गरेका हुन् ।

वाम गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी हुन चितवन पुगेका पाख्रीनलाई सभास्थलमै आकस्मिक हृदयघात अनुमान गरिएको छ  ।

अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरेका छन् । पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए ।

माअ‍ोवादीको बहुचर्चित चुनवाङ वैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गित उनै पाख्रिनले रचना गरेका थिए ।

भरतपुर महानगरपालिका १९ का निवासी उनी पहिलो सविधानसभामा समानुपातिक सभासद थिए ।

Loading...