उम्मेदवारले चढेको ल्याण्डरोभर गाडी जलाइयो

संखुवासभा, ४ मंसिर । वाम गठबन्धनका उम्मेदवारले चुनावी प्रचार प्रसारका लागि प्रयोग गरेको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् । संखुवासभाको चैनपुर नगरपालिका–६ मा आज बिहान २ बजेको समयमा पार्किङमा राखिएको को. १. ज. २१२३ नम्बरको ल्याण्डरोभर गाडीमा आगजनी गरिएको संखुवासभाका प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले जानकारी दिए ।

उनको अनुसार, चैनपुरको बसपार्क नजिकै पार्किङमा राखिएको अवस्थामा गाडी जलाईएको थियो । गाडी चैनपुरका स्थानीय व्यापारी आशिष शाक्यको भएको प्रहरीले जनाएको छ । गाडी कस्ले र किन जलाएको भन्ने पत्ता लागेको छैन । त्यसको बारेमा अनुसन्धान भईरहेको जनाएको छ ।

उक्त गाडी वाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए । प्रहरीले आगो लगाउने समुहको खोजी तीब्र पारेको जनाएको छ । गाडी पूर्णरुपमा जलेपनि मानवीय क्षति भने भएको छैन । केही दिनमात्रै बामगठबन्धनका नेताहरुलाई लक्षित गरेर धुपूको डकेमा विद्युतीय धराप बिस्फोट भएको थियो । उक्त घटनाले जिल्लाको सुरक्षा चुनौती गम्भीर बनेको प्रहरीले जनाएको छ । कुन समुहले घटना घटाएको हो भनेर अनुसन्धान भईरहेको छ भने अहिले सम्म कसैले पनि जिम्मेवारी लिएका छैनन ।

Loading...