चुनावी प्रचारमा लागेका जिप चालक गाडीकै ढाेकमा मृत फेला

महोत्तरी, ४ मंसिर । महोत्तरीमा चुनावी प्रचारमा रहेको एक भारतीय नम्बर प्लेटकाे जिपका चालक सोमबार बिहान मृत भेटिएका छन् । जलेश्वर नगरपालिका ९ स्थित प्रकौली चौकमा जिपको ढोका मुनी उनी मृत भेटिए हुन् ।

भारतको सितामढी जिल्ला पुपरी थाना निवासी अन्दाजी ४० वर्षीय चालक परशु राम मृत भेटिएका हुन् । प्रदेश नं. २ अन्तर्गत महोत्तरीको ३ ख प्रदेश सभाका स्वतन्त्र उम्मेदवार मोहम्मद मुजिवुल राईनको चुनावी प्रचारमा भारतबाट भाडामा लिईएको बीआर ३० पी १४९० नम्बरको सो बोलेरो जिप को ढोकामा चालक मृत भेटिए ।

जिपका चालकले अत्यधिक मदिरा सेवन गरेको र मदिरा सेवन पछि सवारी लिएर जाँदै गर्दा बीच बाटोमा असहज भई पिसाव फेर्न निस्केका थिए । पिसाव फरेर जिपमा पुन बस्न खोज्दा नसकेर गेटमै मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिपको ढोका खुल्ला रहेको र उनी भित्र पस्न खोजेको साथै जिप भित्रको चालकतिरको पंखा चल्दै गरेको देखिएको छ ।

यता स्वतन्त्र उम्मेदवार राईनले चालकले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेकोले उसलाई यस अघि नै फिर्ता पठाएको तर आईतवार पुनः सबारी धनीले सोही चालकलाई पठाईदिएकोमा आफ्नै चालकले दिनभरी सवारी चलाएको र मध्यबिहानै कसैले नदेख्ने गरी मृतक भारतीय चालकले सवारी लगेको उनले बताए ।

अहिले शवको पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ । भारतमा मदिरा निषेधित भएपछि अधिकांश भारतीयहरु नेपाल आएर रक्सी सेवन गर्ने गरेको छन् ।

Loading...