अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण प्रकृया स्थगित

भक्तपुर । पटक पटक सर्दैआएको अस्थायी शिक्षकको परीक्षा यस पटक भने मिति तय हुनु अगाडी नै सरेको छ । यसपटक परिक्षा सम्बन्धी विज्ञापनको सम्पूर्ण प्रक्रिया नै सरेको हो ।

अस्थायी शिक्षकको समस्या समाधान गर्ने गरि गरिएको भनिएको परीक्षाको विज्ञापनको सम्पूर्ण प्रक्रिया सारिएको छ । शिक्षक सेवा आयोगमा आन्दोलनरत बिद्यार्थीहरुसंग एक सहमति भएपछी परीक्षा सारिएको आयोगका सदस्य सिताराम पोखरेलले बताए ।

” विज्ञापनको सम्पूर्ण प्रक्रिया १ महिना पर मात्र सारिएको हो । १ महिनापछि पुन प्रक्रिया शुरु हुन्छ ।” उनले भने ।

शिक्षक सेवा आयोगले आफूहरुमाथि अन्याय गर्दै अस्थायी शिक्षाको पक्षमा बिज्ञापन गरेको भन्दै शिक्षा शास्त्र अध्यनरत बिद्यार्थीहरुले आयोगको गेटमै रिले अनसन गरेपछि उनीहरुलाई मनाउन परीक्षा सारिएको हो ।

आन्दोलनरत विद्यार्थी संघर्ष समितिसँग आइतबार दिउँसो एक सहमति भएपछी परीक्षाको सवै कार्यक्रम १ महिनालाई स्थगित भएको हो ।

 

सहमतिसँगै आयोगको गेटमा जारी विद्यार्थीहरुको रिले अनसन पनि स्थगित भएको छ ।

Loading...