प्रकाश दाहालको निधन हृदयघात कि आत्महत्याबाट !

काठमाडौं, ३ मंसिर । माअाेवादी केन्द्रका अध्यक्ष प्रच्ण्ड पुत्रकाे निधन रहस्यमय बन्दै गएकाे छ । सुरुमा उनकाे अस्पतालमा उपचार भइरहेकाे खबर अाएकाे भए पनि अस्पताल स्राेतले भने उनलार्इ अस्पतालमा पुर्याउनु अघि नै मृत्यु भइसकेकाे जानकारी गराएकाे छ ।

उनलार्इ हृदयघात भएकाे समाचार अाउँदा सुरुमा कसैलार्इ पत्यार लागेकाे थिएन । केही सञ्चारमाध्यममा उनकाे निधन भएकाे समाचार अाएपछि त यसलार्इ हल्लाका रुपमा मात्र मानियाे । तर, अस्पताल स्राेतले नै पत्रकार सम्मेलन गरेपछि घटना भएकाे विश्वस्त भए । अाशंकाकैबीच केहीले उनलार्इ नयाँ बानेश्वरतिरकाे एक हाेटेलबाट सिधै अस्पताल पुर्याइएकाे बताएका थिए भने केहीले उनलार्इ लाजिम्पाटस्थित अाफ्नै निवासबाट बिहान ४ बजे नै नर्भिक अस्पताल पुर्याइएकाे बताए । यसबारे अझै केही जानकारी प्रष्ट भइसकेकाे छैन । 

फरक फरक कुरा अाएपछि प्रकाशकाे निधनकाे घटना रहस्यमय बन्दै गएकाे छ । उनकाे निधन हृदयघातका कारण भएकाे बताइए पनि त्यसकाे पुष्टि हुन सकेकाे छैन । त्यसैगरी केहीले उनलार्इ कुटपिट गर्दा मृत्यु भएकाे बताउने पनि गरेका छन् । साथै केहीले उनले अाफैले अात्महत्या गरेका हुन कि भन्ने अाशंका पनि गरेका छन् ।

पछिल्लाे सूचना अनुसार प्रकाशकाे निधन उनकाे निवासमै भएकाे हाे । प्रकाश पछिल्लाे समय अाफ्ना पिताकाे चुनावी अभियानमा निकै सक्रिय भएर लागेका थिए । प्राय सबै चुनावी सभाका फेसबुकमार्फत लाइभ पनि गर्दै अाएका थिए । चितवनकाे अाफ्नाे चुनावी क्षेत्रका कार्यक्रम एकचरण सकेर प्रचण्ड देशभरका चुनावी सभामा पार्टी र वाम गठबन्धनका लागि लागेका थिए । यसअघि प्रचण्ड जहाँ गए पनि छाेरा प्रकाश जाने गरे पनि तीन दिन अघि पिता प्रचण्डसँग छुट्टिएर राजधानी फर्किएका थिए । प्रचण्डकाे पूर्व जाने कार्यक्रम बनेपछि प्रकाशले अाफू अलि अस्वस्थ भएकाे भन्दै जान इन्कार गरेर राजधानी फर्किएकाे बताइएकाे छ । 

एक स्राेतका अनुसार प्रचण्डसँग छुट्टिएर राजधानी अाएका प्रकाश निरास थिए । शनिवार साँझ पनि उनी निरास अवस्थामै थिए । अरु सबै चुनावी अभियानमा अाअाफ्नाे क्षेत्रमा खटिएका कारण राजधानीमा लाजिम्पाट निवासमा अामा र भान्जीहरु मात्र रहेका थिए । प्रकाश शनिवार साँझ अामा र भान्जीहरुसँग खाना खाएर केही कुरा नगरेर अाफ्नाे काेठामा गएका थिए ।

स्राेतका अनुसार उनले राती ११ बजेतिर पितालार्इ म्यासेज गरेका थिए । उक्त म्यासेजमा के थियाे भन्ने कुरा केही थाहा हुन सकेकाे छैन । बिहान ४ बजेतिर नै अामा सिता प्रकाशकाे काेठामा गएर हेर्दा प्रकाश केही हलचल नगरेकाे बुझिएकाे छ । त्यसपछि अामा सिताले प्रचण्डका सुरक्षा हेर्ने जिम्मा पाएका जनमुक्ति सेनाका पूर्व डिभिजन कमाण्डर सन्तु दरार्इलार्इ फाेन गरेर बाेलाएकी थिइन । सन्तुले नै प्रकाशलार्इ गाडीमा राखेर नर्भिकमा ल्याएकाे बुझिएकाे छ ।

याे घटनाबाट कतै उनले अात्महत्या गरेका त हाेइनन् भन्ने अाशंका उब्जिएकाे छ । प्रकाशले केही दिन अघि मात्र अाफ्नाे फाेटाे श्यामश्वेत बनाएर फेसबुकमा अपलाेड गरेका थिए । अाफ्नाे रङ्गीन प्राेफाइल तस्विर हटाएर श्यामश्वेत तस्विर फेसबुकमा अपलाेड गरेकाे कुरालार्इ पनि केहीले अाशङ्काका रुपमा हेरेका छन् । हिन्दु संस्कार अनुसार मान्छे मरेपछि मात्र मानिसकाे तस्विर श्यामश्वेत बनाउने गरिन्छ । तर, प्रकाशले भने पछिल्लाे पटक अाफ्नाे तस्विर अाफै श्यामश्वेत बनाएर अपलाेड गरेका थिए । अाफ्नाे प्राेफाइल तस्विर श्यामश्वेत बनाउनुका साथै एकातिर दिप प्रज्वलित भइरहेकाे र अर्काेतिर अाफू र अाफ्नाे छाेराकाे फाेटाे राखेर फेसबुककाे कभर फाेटाे बनाइ अपलाेड गरेका थिए । उनकाे अन्तिम फाेटाे पनि यही दुर्इवटा देखिन्छ । प्रकाशका अन्तिमका यी गतिविधि उनकाे निधनसँग जाेडेर हेरिएकाे छ । 

Loading...