नर्भिक अस्पतालमा प्रचण्ड पुत्र प्रकाश दाहालकाे निधन

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । हर्ट अट्याक भएर अाज बिहान ४ बजे बेहाेस अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याइएका प्रकाशकाे अस्पतालमा पुगेपछि निधन भएकाे बताइएकाे छ ।

नर्भिक अस्पतालका एक चिकित्सकले प्रकाशको निधन भएको जानकारी दिएका छन् । पूर्व पर्धानमन्त्री समेत रहेका पिता प्रचण्ड झापाकाे विर्तामाेडबाट काठमाडाैं अाउँदै गरेकाले उनकाे निधनकाे घाेषणा नगरिएकाे बताइएकाे छ । प्रचण्ड अस्पताल पुगेपछि यसबारे अाैपचारिक जानकारी दिइने बताइएकाे छ ।

अकस्मात हृदयघात भएपछि प्रकाशलार्इ अाज बिहान ४ बजे राजधानीकाे थापाथलीस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा ल्याएर भर्ना गरिएको थियाे । छोरा बिरामी परेपछि झापाको विर्तामोडमा बास बसेका दाहाल हेलिकोप्टरबाट फर्कंदै गरेकाे बताइएकाे छ । आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं फर्कन लागेका हुन् । त्यसैगरी चितवनमा रहेकी प्रकाशकी दिदी रेणु दाहाल र परिवारका अन्य सदस्य पनि काठमाडाैं अाउँदै गरेकाे बताइएकाे छ ।

प्रकाश प्रचण्डका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै अाएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल साकारका दुई श्रीमती र दुई बालबच्चा छन् ।

Loading...