प्रचण्डपुत्र प्रकाश दाहाललार्इ हृदयघात, चिन्ताजनक अवस्थामा नर्भिकमा लगियाे

काठमाडाैं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललार्इ हृदयघात भएकाे छ । उनकाे अवस्था चिन्ताजनक रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

अकस्मात हृदयघात भएपछि प्रकाशलार्इ अाज बिहान ४ बजे राजधानीकाे थापाथलीस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा ल्याएर भर्ना गरिएको थियाे । छोरा बिरामी परेपछि झापाको विर्तामोडमा बास बसेका दाहाल हेलिकोप्टरबाट फर्कंदै छन् । आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं फर्कन लागेका हुन् । त्यसैगरी चितवनमा रहेकी प्रकाशकी दिदी रेणु दाहाल र परिवारका अन्य सदस्य पनि काठमाडाैं अाउँदै गरेकाे बताइएकाे छ ।

प्रकाश प्रचण्डका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै अाएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल साकारका दुई श्रीमती र दुई बालबच्चा छन् ।

याे समाचार पनि हेर्नुहाेस्

नर्भिक अस्पतालमा प्रचण्ड पुत्र प्रकाश दाहालकाे निधन

 

 

Loading...