जनयुद्धका सर्वोच्च कमाण्डरसँग २५ सय करोड सम्पती रहेको गोप्य रिपोर्ट

काठमाडाैं, २ मंसिर । नेपालका राजनीतिक नेताहरुसँग अकूत सम्पती भएकाे कुरा बेला बेलामा उठ्ने गर्छ । यस्ता चर्चाकाबीच अाम नागरिकमा कुन नेतासँग कति सम्पती हाेला भन्ने चासाे पनि निकै छ । याे चासाे सर्वसाधारण नागरिकमा मात्र नभएर ठूला उद्याेगी व्यापारीहरुमा पनि छ । यसैबीच नेपालका केही ठूला उद्याेगी व्यापारीहरुकाे बैठकमा त्यस्तै चर्चा भएकाे गरिएकाे छ । उक्त बैठकमा नेपालका ठूला नेताहरु मध्ये कुन नेतासँग कति सम्पती छ भन्ने छलफल भएकाे थियाे ।

चुनावको लागि भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नेताहरुले तोकेरै चन्दा माग्न थालेपछि उद्याेगी व्यवसायीको उक्त गाेप्य बैठक बसेकाे बताइएकाे छ । काठमाडौँको एक स्टार होटलमा बसेको बैठकमा चुनावी चन्दा र आफ्नो अवस्थाबारे व्यवसायीहरुले छलफल गरेका थिए । एउटै पार्टीका फरक फरक नेताहरुले व्यक्तिगत चन्दा माग्न थालेपछि के गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । पार्टी र व्यक्तिगत चन्दाको लागि आएका पत्रहरु पनि जम्मा गरेका थिए ।

करिब दुई दर्जन उद्योगी व्यवसायीहरुको बैठकमा ठूला पार्टीका ठूला नेताहरुको सम्पत्तिको विवरण समेत पेश गरिएको स्रोतले बतायो । बैठकमा पेश गरिएको विवरणअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा सबैभन्दा धनी, दोस्रोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, तेस्रोमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम छ ।

स्रोतका अनुसार नेपाली काँग्रेसका सभपति समेत रहेको प्रधानमन्त्री देउवासँग ४५ सय करोड, प्रचण्डसँग २५ सय करोड र ओलीसँग १५ सय करोड उद्योगीहरुको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी काँग्रेसमा देउवापछि दोस्रो तहमा खुमबहादुर खड्का, चिरञ्जिवी वाग्ले, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, गोविन्दराज जोशीलाई राखिएको छ । त्यस्तै एमालेमा उपाध्यक्ष वामदेव गौतमको सम्पत्ति पनि ओलीकै हाराहारीमा रहेको प्रतिवेदनमा देखाइएको छ । दोस्रो, तहमा झलनाथ खनाल, भीम रावल, इश्वार पोखरेल, महेश बस्नेतलाई राखिएको छ ।

माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड जति अरु नेताहरुको सम्पत्ति नभएको बताइए पनि दोस्रो तहमा कुष्णबहादुर महरा, वर्षमान पुन, प्रभाकर, शक्तिबहादुर बस्नेत लेखराज भट्टलाई राखिएको छ ।

“हामीले व्यवासायीक पृष्ठभूमिका नेताहरुको हिसाब राखेका छैनौं । उहाँहरुसँग हाम्रो भन्नु केही छैन तर खल्तीमा हात हालेर काठमाडौँ पसेको नेताहरुले रातारात सम्पत्ति कमाएको देखेर हामी छक्क परेका छौं” बैठकमा सहभागी एक उद्योगीले स्रोतसँग भने । आफूहरुको व्यवसाय धरासायी भएर बन्द गनुृपर्ने अवस्था आएको भन्दै उनले भने, “हाम्रा बाजेको पालदेखि यही व्यवसाय गरिरहेका छौं, हामी संकटमा छौं भने नेताहरु फाइदामा हुनुहुन्छ । यो कस्तो उल्टो भयो, यस्तै हो भने उद्योगका तालाचाबी नेताहरुको हातमा बुझाउनु पर्ने हुन्छ ।”

राष्ट्रिय चरित्रका उद्योगी-व्यवसायीहरु मात्र सहभागी बैठकमा काम गराउन पनि कमिसन दिनु पर्ने र चुनावमा चन्दा पनि दिनु परिरहेको भन्दै असन्तुष्टि जाहेर गरेका थिए ।

सबै क्षेत्रका उद्योगी-व्यवसायीहरुले नेताहरुको आम्दानीको स्रोत र लगानीको फेरिस्त तयार गरेका छन् । नेताहरुको संरक्षणमा रहेका व्यक्ति र लगानीको पनि पहिचान गरिएको छ । तीन ठूला पार्टीका नेताहरुले ठूलो रकम चन्दा मागेकाले पहिलो चरणमा तीन पार्टीका नेताहरुको सम्पत्तिको विवरण मात्रै संकलन गरेका छन् ।

बैठकले सकेसम्म आफैसँग भएको पैसा लगानी गर्न सुझाव दिने र बाध्यात्मक अवस्थामा संस्थागत रुपमा मात्रै चन्दा लिने उद्योगी-व्यवसायीहरुबीच सहमति भएको छ ।

Loading...