रामबहादुर थापा र माधव नेपाललार्इ लक्षित गरी बम प्रहार

काठमाडौं, २ मंंसिर । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी बम बिष्फाेट भएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा शनिबार बिहान बम विस्फोट भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिइन् । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले बताइन् ।

वाम गठबन्धनको चुनावीसभामा नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । यता नेपाली काँग्रेसको चुनावीसभामा भने कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो ।

Loading...