ब्यूटी क्वीनका साथी लेट मी इनकाे धमाकेदार इन्ट्री हुने

काठमाडौं । लेट मि इनको प्रायोजनमा “मिसेस ब्युटी क्विन नेपाल” प्रतियोगिता हुने भएको छ । सिजन मिडिया प्रा.लिले आयोजना गर्ने उक्त प्रतियोगितामा विवाहित महिलाहरुले प्रतिस्पर्धा गर्छन् ।

‘लेट लेट मि इनको मुख्य प्रायोजन रहने “मिसेस ब्युटी क्विन नेपाल” । अनुहार तथा विभिन्न छालाको समस्याको कोरीयन प्रविधिवाट नेपालमा उपचार गर्नको लगि वानेश्वरमा मंसिर द्रोस्रो साता खुल्दै छ ।

शुक्रबार एक कार्यक्रमका विच आयोजक सिजन मिडिया तर्फवाट अध्यक्ष प्रदिपराज वन्त र लेट मि इन कोरीयन एथेनीक कंपनी नेपालका प्रवन्ध निर्देशक मा डोङ् साओ विच कार्यक्रमको मुख्य प्रायोजकको लागि हस्ताक्षर भएको हो ।

उपत्यका लगायत मोफसलका शहरहरुमा रहेका विवाहित महिलाहरुलाइ ध्यानमा राखि सिजन मिडियाले यो पहिलो चोटी यस्तो कार्यक्रम आयोजना गर्न लागेको बताउँछन् ।

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन गर्दै समाज उपयोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको बताइएको छ ।

विगत आठ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो पहिलो चरणको लागि उपत्यकावाट र उपत्यका वाहीरवाट जम्मा ३० प्रतियोगी समावेश गराइने जानकारी दिए साथै उक्त प्रतियोगीताको लागि फारम पनि खुल्ला भइसकेको वन्तले यसै विज्ञप्ती मार्फत जानकारी गराए ।

नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको वन्तले बताए । पहिलो चरणको छनोटमा आगामी मंसिर महिनाको पहिलो हप्तामा हुनेछ ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स, ¥याफ्टीङ,सेल्फ मेकअप, फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ ।

विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार, मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।

प्रतियोगिताका विजेताले “मिसेस विउटी कुइन नेपाल २०१७” को उपाधी सहित रु १ लाख ८५ हजार वरावरको टिभिएस स्कुटर , मोवाइलफोन र ५ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन ।

फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु २५ हजार वरावरको विभिन्न उपहारहरु प्राप्त गर्ने छन ५ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन यस बाहेक अन्य विभिन्न १३ विधामा पनि विजेता छनौट गरिनेछ ।

Loading...